Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

एक दशकपछि राकेश रोशन पारिवारिक डकुमेन्ट्री मार्फत पर्दामा देखिँदै

Rakesh Roshan

राकेश रोशनले बलिउड उद्योगलाई निर्देशकका रूपमा उत्कृष्ट फिल्महरु दिएका छन् तर, हाल उनी लामो समयदेखि ब्रेकमा रहेका छन् । एकातिर राकेशको बारेमा खबरहरु आइरहेका छन् कि उनी अहिले ‘कृष ४’ को स्क्रिप्टमा काम गरिरहेका छन् । यसैबीच, अब राकेशका फ्यानका लागि अर्को ठूलो खबर आएको छ । रिपोर्टहरूका अनुसार विश्वास गर्ने हो भने, राकेश प्रतिष्ठित रोशन परिवारको तीन पुस्ताको विरासत मनाउने डक्यूमेन्ट्रि बनाउने तयारीमा छन्।

एक मिडिया रिपोर्टमा रोशनको नजिकको स्रोतलाई उद्धृत गर्दै लेखिएको छ, ‘राकेश रोशनले भारतीय फिल्म उद्योगमा रोशन परिवारको अविस्मरणीय योगदानलाई हाइलाइट गर्ने विशेष वृत्तचित्र निर्माण गर्दैछन्।’ यो यात्रा उनको बुबा रोशन लाल नागरथबाट सुरु हुन्छ, जो १९४७ मा मुम्बई आइपुगे र १९५० देखी १९६० को दशकमा आफूलाई सबैभन्दा प्रख्यात संगीत निर्देशकको रूपमा स्थापित गरे।

रिपोर्टका अनुसार नेटफ्लिक्स इन्डियाको हालैको रिलिज गरेको डक्यूमेन्ट्रि ‘द रोमान्टिक्स जस्तै राकेश रोशनको डक्यूमेन्ट्रि हुनेछ । यो डक्यूमेन्ट्रि पनि बलिवुड सिताराहरूले भरिएको मामिला हुने वाचा गरेको छ। यसमा अभिलेख, फुटेज र वर्षौंदेखि रोशनसँग काम गरेका दर्जनौं बलिउड सेलिब्रेटीहरूसँगको गहन, विशेष अन्तर्वार्ता समावेश हुनेछन्।

राकेश रोशनको वर्कफ्रन्टको कुरा गर्दा उनले करिब एक दशक देखि कुनै पनि चलचित्र निर्देशन गरेका छैनन् । रोशनको अन्तिम फिल्म सन् २०१३ मा रिलिज भएको ऋतिक रोशनको ‘क्रिश ३’ थियो । बुवा छोरीको जोडी फिल्मको चौथो किस्ता लिएर फर्किने तयारीमा छन् । यद्यपी यसको आधिकारिक घोषणा भने भइसकेको छैन तर फ्यानहरु यसको प्रतिक्षामा छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button