समाचार

‘क्यान इन्फोटेक २०२०’ फागुनमा

Gobal IME Bank

३ पुस, काठमाडौं– सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी फागुनमा ‘ प्रभु पे क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगमी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ प्रभु पे क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
वार्षिकरुपमा आयोजना हुने यो प्रदर्शनी मेला उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्लास्तरिय प्रर्दशनीको आयोजना हुने आयोजकले जनाएको छ । सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् । त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो ।
यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजिकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button