समाचारसूचना प्रविधि

अँध्यारोमा पनि रंगीन भिडिओ खिच्न मिल्ने क्यानन क्यामेरा सार्वजनिक,

Canon MS 500

Gobal IME Bank

काठमाडौँ। चर्चित क्यामेरा ब्रान्ड क्याननले हालै ‘एमएस-५००’ मोडेलको क्यामेरा सार्वजनिक गरेको छ । अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रूपमा यसमा सिङ्गल फोटोन एभालेन्स डायोड (SPAD) सेन्सर समावेश गरिएको छ, जसले पुरै अँध्यारोमा पनि रङ्गीन भिडिओ खिच्न मिल्ने जानकारी दिइएको छ ।

क्यामेरामा प्रयोग गरिएको उक्त सेन्सर १ इन्च र ३.२ मेगापिक्सेलको छ । यसले गर्दा प्रकाशको अवस्था ०.००१ लक्स (प्रकाशको एकाइ) हुँदा पनि क्यामेराले गुणस्तरीय फोटो तथा भिडि‌ओ खिच्नसक्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले क्यामेरामा आफ्नै अर्को क्यामेरा बी फोर ‘B4’को माउन्ट (industry-standard B4 bayonet lens mount)  प्रयोग गरेको छ । यस क्यामेरामा ब्रोडकास्ट जुम लेन्सहरू पनि प्रयोग मिल्ने छ ।

कम्पनीका अनुसार अधिक सुरक्षा चाहिने ठाउँहरूका लागि यो मोडेल उपयुक्त हुन्छ । समुद्री तट, सार्वजनिक भवन, अन्तर्राष्ट्रिय सीमातिर यो क्यामेरा बढी उपयोगी हुने बताइएको छ ।

क्याननकै अल्ट्रा टेलिफोटो ब्रोडकास्ट लेन्स प्रयोग गरेर यो क्यामेराले रातको समयमा केही माइल परको भिडिओ पनि गुणस्तरीय रुपमा खिच्न सक्ने कम्पनीले उल्लेख गरेको छ । यसरी निकै टाढाको वस्तुको फोटो तथा भिडिओ खिच्दा गुणस्तरीय बनाउन विशेष खालको पिक्चर प्रोफाइल प्रयोग गरिएको क्यानन कम्पनीले उल्लेख गरेको छ ।

“क्यामेरामा फोटो काउन्टिङ भनिने प्रविधि प्रयोग गरिएको छ । यसले पिक्सेलमा प्रवेश गर्ने प्रकाशलाई ट्र्याक गर्छ, साथै तिनीहरूलाई एक मिलियन पटक म्याग्निफाइज गरी डिजिटल सिग्नलमा रुपान्तरण गर्छ,” कम्पनीले क्यामेराबारे भनेको छ, “यस प्रविधिले प्रत्येक फोटोनको गणना गर्छ । त्यसले गर्दा फोटो तथा भिडिओमा देखिने कुनै पनि प्रकारको ‘नोइज’ हट्छ ।”

यो क्यामेरा २०२३ को सेप्टेम्बरदेखि बजारमा उपलब्ध हुने छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य २५ हजार २०० अमेरिकी डलर (३३ लाख रुपैयाँ बढी) हुने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button