अन्यसमाचार

जनगणनामा प्रविधिको उपयोग गरिने -GoodNews24

Gobal IME Bank

चिप्लेढुङ्गा । तथ्याङ्क सङ्कलनलाई प्रविधिमैत्री तरिकाबाट विश्वसनीय बनाउनुपर्नेमा पोखरामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
राष्ट्रिय तथ्याङ्क विभागको आयोजना र नेपाल पत्रकार महासङ्घको संयोजनमा ‘राष्ट्रिय जनगणना २०७८’ सम्बन्धी अन्तत्र्रिmयाका सहभागीले सत्य र सही तथ्याङ्कले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सघाउने हुँदा वैज्ञानिक ढङ्गबाट तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिए ।
महासङ्घका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेलले जनगणनामा सञ्चारकर्मीको भूमिका विषयमा प्रस्तुति गर्दै तथ्याङ्क सङ्कलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा सञ्चारजतले निगरानी गर्नुपर्छ भन्नुभयो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले सङ्घीय संरचनामा पहिलो गणना र सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरको प्रयोजनसहित गणना गरिन लागेको जानकारी दिनुभयो । १२औँ जनगणनालाई प्रविधिको प्रयोग गरेर स्थानीय तह अनुसारको नतिजा प्रकाशन गर्ने, नौ महिनाभित्र त तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
कास्कीका प्रजिअ रमेशकुमार केसीले २०७८ को जनगणनालाई त्रुटिरहित र सर्वमान्य बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने औँल्याउनुभयो । कार्यक्रममा तथ्याङ्क कार्यालय कास्कीका निर्देशक जगुलाल बस्याल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नागरिक समाजका विष्णु बराल, इन्सेक संयोजक शिव खकुरेललगायत पत्रकारले जनगणनासम्बन्धी आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button