अन्यसमाचार

बहराईन माथि नेपालको जित

ICC Women's Worldcup

Gobal IME Bank

काठमाडौँ। मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिलगरेको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन बनाइन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिइन् । पूजा महतो, रुबिना क्षेत्री र कविता कुँवरले समान १(१ विकेट लिइन् ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।

प्रकाशित मिति स् १५ भाद्र २०८०, शुक्रबार १ स् २६ बजे

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button