अन्यगुड न्यूज 24शिक्षा स्वास्थसमाचार

पाचन प्रणाली सुधार गर्नका लागि टिप्स

Gobal IME Bank

health tips
जीवनशैली र खानाको रोजाइले शरीरको खाना पचाउने तरिकामा प्रभाव पार्छ । प्रशस्त पानी पिउने, फाइबरयुक्त खाना खाने तथा नियमित व्यायाम गरेमा आफ्नो पाचन प्रणालीमा सुधार गर्न सकिन्छ ।

१ चपाएर खाने
हामीले खाना खाने बेलामा  खानेकुरा चपाउनुलाई हामी अक्सर ध्यान दिदैनौ तर यो  पाचन प्रकुयाकोलागी महत्वपूर्ण छ। समय लिनिहोस् र निल्नु भन्दा अगाडि २० ३० पटक चपाए खाने गर्नुहोस् ।

२ धेरै फाईबर खाने
असल तरिकाले खाना आन्द्रामा पुराउनकोलागि पर्याप्त फाईबर खानु महत्वपूर्ण छ। चिल्लो खानाले पाचनप्रणालीलाई ढिलो बनाउँछ र कब्जियत गराउँछ । चिल्लो धेरै भएको खाना पचाउन गाह्रो हुन्छ त्यसैले यस्तो खाना फाईवर सँग खानु राम्रो हो।

३ पानी पर्याप्त पिउने
पानी पर्याप्त पिउनाले पाचन प्रणालीमा मद्दत पुग्दछ किनभने पानीले सजिलैसंग फ्याट र अन्य खानेकुरा पचाउन मदत गर्दछ।

४ व्ययाम गर्नुहोस्-
नियमित व्यायामले खानालाई पाचनप्रणाली मार्फत चलायमान बनाउँछ र तपाईलाई कब्जीयतको समस्या हुन दिँदैन । हिंड्नुस् वा जग गर्नुस्, योगा गर्नुहोस्, यसले तपाइको तपाइको ताैललाइ सन्तुलनमा राख्छ ।

५ आफ्नो खानामा प्रोबायोटिक्स सम्मिलित गराउनुहोस्
प्रोबायोटिक्स त्यस्तो खालको स्वस्थ ब्याक्टेरिया हो जुन तपाईको पाचनप्रणालीमा प्राकृतिक रूपमा विद्यमान हुन्छ । यसले एन्टिबायोटिक्स, तनाव र अस्वस्थ खानासँग लडेर शरिर स्वस्थ राख्छ । यसको साथै प्रोबायोटिक्सले पोषण प्राप्त गर्नसक्ने क्षमतालाई बढाउनुका साथै रोग प्रतिरोधी क्षमता बढाउँछ र आइबिएसको उपचार गर्न सहयोग गर्छ । यसका लागि कम चिल्लो भएको दही उपयुक्त हुन्छ ।

६ तनाब कम गर्नुहोस् –
तनाब लिएमा तपाईंको पाचन शक्तीमा समस्या आउन सक्छ किनभने तपाईंको दिमाग र पाचन प्राणली एक अर्को सँग सम्बन्धित छन। तनाव कम हुने उपायको खोजि गरेर पालना गर्नुहोस् ।

७ मन तातो खाना खानुहोस् –
मनतातो  खाना खानाले खाने कुराहरु सजीलैसँग पचाउन मदत गर्छ ।

८ धुम्रपान र मदिरा कम गर्नुहोस् 
धुम्रपानले गर्दा तपाईंको पाचन प्रणालीमा  नकरात्मक असर हुनसक्छ र मदिरा सेवन गरेको  रात पाचन प्रणाली कमजोर भएको हुन्छ ।  साथै
यसले पेटको अल्सर र मुटु पोल्ने समस्या पनि हुन्छ

९ चिल्लो कम गर्नुहोस् 
चिल्लो खानेकुरा खानाले पाचन प्रणालीमा  नकरात्मक असर हुनसक्छ साथै रोगहरूको पनि उत्पादन गर्नेगर्दछ । चिल्लो धेरै भएको मासु तथा अन्य खानेकुरा कम गर्नुहोस् ।

१० खाना खाने  तालिका बनाउनुहोस्
खाना नास्ताहरू  तालिका अनुसार खानुहोस्  । खानामा हरियो सागपात तथा फलफुल धेरै खानाले त्यसले तपाईको पाचन प्रणालीलाई एउटा आकार दिन्छ । सधैं एकै समयमा ब्रेकफास्ट, लञ्च, डिनर र स्न्याक्स लिने बानी बसाल्नुभयो भने पाचनप्रणालीमा समस्या आउँदैन ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button