मुख्य समाचारसमाचार

चाल्र्स शोभराजको रिहाईबारे के भन्छन् कानून व्यवसायीहरु ?

Gobal IME Bank

काठमाडौं । कानून व्यवसायीहरुले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाईमा ढिलाई भएको बताएका छन् । सर्वोच्च अदालतको फैसलासँगै केन्द्रिय कारगारबाट थुनामुक्त भई शुक्रवार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ ।

यसैबीच, शोभराजको पक्षमा वकालत गर्दै आउनुभएकी कानून व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाईमा ५ वर्ष ढिलाई हुन गएको बताउनु भयो । उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकिर समेत गर्नुभयो । कानून व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारगार भित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिडियाको कारणले गर्दाखेरी कोर्टलाई डिसिजन मेकिङका लागि एकदमै प्रेसराईज भएको थियो । यो प्रोसेस चाहीँ फाईव इयर पहिले नै टुंगिनु पर्दथ्यो । प्रशासनि ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरुको खिचातानीको कारणले यो प्रक्रियामा लम्बिन गयो । राजनीतिक दलहरुले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाई हुन गयो । अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा चाल्र्स शोभराज मात्र नभई अन्य कैदीबन्दीहरु त्यसका मारमा परेका छन् । यो पाली सुप्रिय कोर्टमा पनि राम्रो साहस देखाएको छ । मुटुको रोग लागेर उनको निधन हुने भएको कारणले यी सबै विषयवस्तुलाई पनि ध्यानमा राखेर सर्वोच्च अदालतले यो फैसला गरेको छ । उनलाई फ्रान्स नै पठाउने फैसला गरिएको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेर उनलाई आजै राति फ्रान्स पठाउने तयारी हामीले गरेका छौं ।’

यसैबीच, वरिष्ठ अधिवक्ता रामवन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनु भयो । शोभराजको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयंले पनि न्याय पाएको प्रतिक्रिया दिनुभयो ।

वरिष्ठ अधिवक्ता शर्माले भन्नुभयो, ‘सर्वोच्च अदालतको जुन आदेश भयो । यो सराहनीय छ । र, यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भएपनि न्याय पाएको छन् चाल्र्स शोभराजले ।’ अध्यागमन विभागले आजै शोभराजलाई फेरि नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुग्नुभएकी कानून व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको स्पष्ट पार्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button