२ वर्ष भन्दा मुनिका बालबालिकालाई ‘लूु’ बाट कसरी जोगाउने ?

एजेन्सी । लु अथवा हिटवेभ गर्मी मौसममा वातावरणमा तापक्रम बढे सँगै तातो वायु चल्नुलाई हिटवेभ भनिन्छ ।
यो समयमा बिहानको ११ देखि दिउँसोको ३ बजे सम्म घर बाहिर ननिस्कन र शितलमा बस्न सल्लाह दिइएको छ ।
बालबालिका, वयस्क र वृद्दहरुले गर्मी भए पछि आफ्नो ख्याल राख्न सक्षम हुन्छन् तर २ वर्ष मुनिका स्तनपान गर्ने बच्चाहरुको ख्याल यतिबेला आमाबुवाले ज्यादा राख्नु आवश्यक हुन्छ । बालबालिकालाई लु बाट कसरी जोगाउने ?
स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने
ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने
घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने
पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरि लगाइदिने
घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने नहिँड्ने शितलमा बस्ने
मौसमी तथा ताजा फलफूल राम्ररी धोई पखाली जुस बनाएर खुवाउने
यदि ज्वरो आएमा पानी प्रशस्त मात्रामा खानेकुरा खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नु पर्छ ।