शिक्षा स्वास्थसमाचार

बालबालिकालाई शान्त पार्न मोबाइल दिँदा उनीहरु मानसिक रोगी बन्न सक्ने जोखिम हुन्छ

Mobile Addiction!

Gobal IME Bank

 बालबालिकाको मानसिक विकासमा पार्ने असर:
प्राय बच्चाहरु धेरै जिद्दी हुन्छन् र आफुलाई चाहिएको कुरा नपाउँदा रुन्छन, तब आमाबाबुले उनीहरूलाई शान्त पार्न मोबाइल दिने गरेको पाइन्छ । यसले तुरुन्तै बच्चालाई शान्त त पार्छ, तर पछि गएर यसले बच्चाहरुमा धेरै गम्भीर असर पर्ने कुरा अगाडी आएको छ । बच्चा हुर्काउन अभिभावकले गर्ने यो सबै भन्दा ठूलो गल्ती भएको बताइएको छ ।

मिशिगन मेडिसिनमा प्रकाशित एक रिपोर्टका अनुसार बालबालिकालाई शान्त पार्न मोबाइल दिँदा उनीहरु मानसिक रोगी बन्न सक्ने जोखिम हुन्छ । यसले बच्चाहरुमा चिडचिडापन ल्याउने र कहिलेकाहीँ आक्रामक व्यवहार गर्ने जस्ता समस्या उत्पन्न हुन सक्छ । यसले बालबालिकाको शारीरिक क्रियाकलापमा मात्र असर  गर्दैन, बढ्दो उमेरसँगै उनीहरुको व्यवहारमा पनि परिवर्तन आँउछ । यस्ता बालबालिका भावनात्मक रुपमा निकै कमजोर हुन्छन् । यसको प्रभाव केटाहरूमा बढी देखिन्छ ।

बालबालिका भावनात्मक रुपमा निकै कमजोर बन्दै गएका छन् । मोबाइलको प्रयोगको प्रभाव केटाहरूमा बढी देखिने रिपोर्टमा उल्लेख गरिएको छ ।

जामा पेडियाट्रिक्समा मिशिगन मेडिसिनको अध्ययनका अनुसार, ३ देखि ५ वर्षका बालबालिकालाई शान्त पार्न स्मार्टफोन र ट्याब्लेट जस्ता उपकरणहरूको बारम्बार प्रयोगले केटाहरूमा भावनात्मक गडबडी निम्त्याउन सक्छ । स्क्रिन टाइम बढ्दै जाँदा उनीहरूको व्यवहार नकारात्मक हुँदै गइरहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । साथै, चुनौतीपूर्ण अवस्थामा उनीहरू प्रतिक्रिया दिन नसक्ने किसिमको हुने उल्लेख गरिएको छ ।

यति मात्र होइन, शरीरमा एक प्रकारको शिथिलता हुन्छ,  बालबालिकामा मुड स्विङको समस्या उत्पन्न थाल्छ । कहिलेकाहीँ उनीहरू धेरै उत्साहित हुन्छन्, र कहिलेकाँहीं उदासी र निराशाले उनीहरूको अनुहार छोप्छ। यस्ता लक्षण देखिएमा बालबालिकालाई मोबाइल दिन बन्द गर्नुपर्छ ।

स्मार्टफोन र ट्याब्लेट जस्ता यन्त्रहरू प्रयोग गर्दा बच्चाहरूको शारीरीक र मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । बालबालिकालाई शान्त पार्न धेरै वैकल्पिक गतिविधिहरू प्रयोग गर्न सकिन्छ, जुन उनीहरूको मनसिक विकासमा सहयोगी साबित हुनसक्छ । घर बाहिर खेल्न जाने, माटोसँग खेल्ने, गीत सुन्ने जस्ता गतिविधिले उनीहरूलाई शान्त पार्न सकिन्छ । मोबाइल दिएमा भने यसको परिणाम गम्भीर हुनसक्ने देखिएको कारण आमाबाबुले सकेसम्म बच्चाहरुलाई मोबाइल फोन र ट्याबलेटमा झुम्मिन नदिनु नै उनीहरुको लागि लाभदायक हुन्छ। -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button