Grace Computer Jawalakhel
अन्यसमाचार

रिसाहा बच्चालाई कुट्नु हुदैन, मायाले शान्त पार्ने तरिका

Parenting

मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि आमाबाबुको बच्चा हुर्काउने शैलीका कारण बच्चाले आफ्नो भावनासँग सामना गर्न जान्दैनन् । यस्तो अवस्थामा बालबालिकालाई शान्त पार्न यदि अभिभावकले बच्चालाई मायाले सम्झाउनुको साट्टा उल्टै ठुलो स्वरमा गाली गर्ने, सबैको अगाडि पिट्ने गर्छन् भने यो गलत हो । आमाबुवाले बच्चाहरुलाई आफ्नो भावनामाथि कसरी नियन्त्रण गर्ने भनेर सिकाउनु पर्छ। बच्चा रिसायो भनेर आफु पनि रिसाउँदा त्यो बच्चाले आमाबुवाबाट के सिक्छ एकपटक मनन गरौँ।

बच्चाको रिस शान्त पार्न के गर्ने ?

बच्चाको भावना स्विकार्ने

पेरेन्ट्स वेबसाइटका अनुसार यदि बच्चा कुनै कुरामा रिसाएको छ भने, उसको भावनालाई बेवास्ता गर्नु हुदैन । बच्चाको रिस वा भावनालाई स्विकार्नुहोस् । ‘केही छैन, तिमी रिसाउन सक्छौ ’ भन्न सक्नुहुन्छ । मलाई थाहा छ तिमी किन रिसाई रहेको छौ पनि भन्न सक्नु हुन्छ । उनीहरूलाई कहिल्यै पनि आफ्नो भावनामाथि नियन्त्रण गर्न नलगाउनुहोस् ।

बच्चालाई आफ्नो कुरा भन्न उत्प्रेरित गर्ने

जब बच्चा शान्त हुन्छ, उसलाई रिस उठेको छ? के कुरामा रिसायौ, मलाइ भन्न मन लागेको छ ? शान्त भएर भन्न सक्नुहुन्छ ।’ केही कुरा नभनेसम्म वा अरुलाइ मनको कुरा थाहा हुँदैन भन्ने कुरा पनि बच्चालाइ सिकाउनु पर्छ। वास्तवमा, बच्चालाई रिसाउँदा आफ्नो कुरा कसरी भन्ने थाहा हुँदैन यसै कारण उनीहरू थप तनाव हुन्छन् ।

एक्लै राखेर कुरा गर्ने

बच्चासँग केही कुरा गर्नु छ भने उनीहरूलाई एक्लै राखेर कुरा गर्नुहोस् । बच्चालाई अरु मानिस अथवा धेरै मानिसहरु भएको ठाँउहरुमा गाली नगर्नुहोस्। पाँच वर्षको भएपछि बच्चामा इगोको विकास हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई अरु मानिसको बीचमा गाली गर्दा नराम्रो महसुस हुन्छ । यसो गर्दा बच्चाको इगो हर्ट हुनसक्छ र तपाईंको कुरा मान्नुको साटो झन् जिद्दी गर्न थाल्छन्, रिसाउन थाल्छन् । त्यसैले बच्चालाई केही भन्नु छ भने उसलाई एक्लै राखेर शान्त भएर भन्नुहोस् । यसो गर्नुभयो भने बच्चाले तपाईको कुरा पक्कै मान्नेछ ।

सहयोग चाहिन्छ कि ? सोध्ने गर्नुहोस्

बच्चा कुनै कुरामा रिसाएको छ वा दुःखी छ भने उसलाई मद्दतका लागि सोध्ने गर्नुहोस् । यसो गर्दा बच्चाको लागि तपाई विश्वासिलो पात्र बन्न सक्नुहुन्छ जसका कारण उनीहरुमा तनाव र रिस आफैँ हराएर जान्छ । बच्चालाई तपाईले तिमीलाइ म जस्तो सुकै अवस्थामा पनि मद्दत गर्नेछुु भन्ने कुरा महसुस गराउनुहोस् ।

एक्लै नछोड्ने

बच्चालाई शान्त नभएसम्म उसलाई एक्लै छोड्न नसक्ने बताउनुहोस् । यसो भनेपछि उसले आफूलाई छिटो शान्त पार्छ र आफ्नो कुरा पनि तपाईलाइ भन्नेछ ।

प्रेम महसुस गराउने

बच्चा रिसाएका बेला उनीहरूलाई मन पर्ने कुरा भन्नुहोस् । उदाहरणका लागि: तपाईंले ‘तिमी रिसायौ भने मलाई दुःख लाग्छ ।’, ‘तिमीले हिजो मामुलाइ हेल्प गर्दा कत्ति सजिलो भएको थियो ।’ लगायतका कुरा गरेर विषयलाइ अन्तै मोड्न सक्नुहुन्छ । यस्तै, तपाईले प्रेमपूर्वक उसलाई अँगालो हाल्न सक्नुहुन्छ । यसो गर्दा बच्चाहरुले राहत महसुस गर्छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button