शिक्षा स्वास्थसफल कथासमाचार

आन्टि चिया बन्छ ? एउटा चुरोट पनि दिनुस है, – Short Story

Gobal IME Bank

आन्टि चिया बन्छ ??
“बन्छ नि बाबु कति ओटा बनाउने हो र ? ”
एउटा बनाउनुस न Black tea !

“ए हस बस्दै गर्नुस है त ”
हस…अनि सुन्नुस न एउटा चुरोट पनि दिनुस है ,

“हामी चुरोट बेच्दैनौ नि बाबु, तिमी जस्तै जवान केटाहरु सबै मेरै छोरा जस्तै हुन ! म मेरा छोराहरु कुलत मा फसेको कसरी हेर्न सक्छु र “

म छक्क परे, काठमाडौ भित्रका अधिकांश होटलहरुमा चिया पसलहरुमा चुरोट पाइन्छ, अझ भनौ चुरोट भएन भने पसल नै चल्दैन , तर यहाँ चुरोट नै छैन, अझ भनौ बेच्ने गरेकै छैन रे !

“बाबु छोरा चुरोट खाने नै भए, उ तल्लो पसलमा पाइन्छ, गएर ल्याउ” भन्दै मलाई पसल देखाई दिनुभयो !

घरबाट केही टाढा भएकाले घरको यादले नसताउने त कुरै भएन, त्यही माथी चिया साउनिले छोरा भनेर सम्बोधन गरे पछि चुरोट किन्ने आट नै आएन, मैले चिया मात्र पिउने निर्णय गरे !

उहाँले चिया मेरो टेबलमा राखी दिदै ..
करेसामा रोपेका धनियाका स-साना मुठा बनाउदै बोल्न लाग्नु भयो !

“तिमी जस्तै छोरो थियो, कुलत मा फस्यो, चुरोट चुरोटबाट बिस्तारै गाजा , साथी भाइको सङ्गतले हरेक कुरा खान थाल्यो ,
नखा भनेर धेरै सम्झाई बुझाई गरेउ, एक्लो छोरो रिसाएनी माया लाग्ने , उस्का हर चाहाना पूरा गरि दिन नाई नास्ती गरेनौ, हुर्किदै गयो,उस्ले चाहेका कुरा मनखुसी गर्दै गयो “

अनि अहिले चै उस्ले चुरोटहरु खान छोड्यो र आन्टी ?

“अहिले उस्ले चाहेर पनि खान सक्दैन,  हाम्ले खाउ बाबु भनेर भन्न पनि सक्दैनौं, साझ ममि ढोका खोल न भन्छ कि झै लाग्छ । यो मोबाईलमा ममि म आज आउदिन साथी कै मा बस्छु है भन्दै फोन गर्छ कि झै लाग्छ , कहिलेकाहीँ झुक्किएर उस्लाई पनि खाना बसाल्छु “

म केही बोल्नै सकिन,
चिया पिइ रहे,

” यहाँ चिया पिउन आउने १५-२० जनाले चुरोट छोडी सके बाबु भन्दै धनियाका मुठ्ठा पखाल्न भित्र छिर्नु भयो !

धनियाका मुठ्ठा पखाल्न छिर्नु भयो कि छोराका यादले झरेका आँसु पखाल्न छिर्नुभयो मैले पत्तो पाउन सकिन !

घर फर्किए,
कौसीमा चियाको चुस्की लगाउदै, चुरोट सल्काए र एक चुस्की चिया संगै एक सर्को चुरोट ताने, बिहान कि ति आमाको याद आयो ।
एक पछाडिको अर्को सर्को तान्नै मन लागेन । चुरोटलाई निभ्याए र चिया सिध्याएर तल झरे ।
साझ चुरोटको तल तल लाग्दै थियो तर ति आमाको हातको चियाको पनि ….
( रबिन सापकोटाको फेसबुक वालबाट)

यो पनि पढ्नुहोस् ..

[irp posts=”4029″] [irp posts=”2617″]

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

[irp posts=”3930″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button