मनोरञ्जनमुख्य समाचारसमाचार

‘हामीबाट चुनावी प्रचार प्रसारको आशा नगरिदिनुहोला’- हरि वंश आचार्य

Gobal IME Bank

काठमाडौं । चर्चित हास्यब्यङ्ग्य कलाकार हरि वंश आचार्यले आफुहरुबाट चुनाबी प्रचार प्रसारको आशा कसैले नराखिदिन अनुरोध गर्नुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको निर्वाचनमा विभिन्न प्रसिद्ध व्यक्तित्वहरुबाट निवार्चनमा उम्मेदवारका रुपमा आएका व्यक्तीहरु चुनावी प्रसारप्रसार गर्ने गराउने लहर पछिल्लो समय देखिँदै आएको छ । सोही प्रवृत्तिलाई ध्यानमा राख्दै चर्चित हास्यब्यङ्ग्य कलाकार आचार्यले आफुहरुलाई पनि सोही प्रकारको चुनावी प्रसार प्रसारमा होम्मीनको लागि कसैले पनि आग्रह नगर्नको निम्ती सबैमा अपिल गर्नुभएको हो ।

आचार्यले देशमा निर्वाचन नजिकिदै जाँदा आफ्ना कयौं नजिकका मित्र, नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु पनि निर्वाचनमा उम्मेदवारको रुपमा आउने र त्यसबखत नाता र सम्बन्धको आडमा आफुहरुमाथी चुनावी प्रचार प्रसारको आशा राख्ने गरेको पनि बताउनुभयो ।

तर त्यसबेला आफुहरुबाट कुनैपनि किसिमको आशा नर्गन आचार्यले आफुहरुमाथी आशावादी नभईदिन आग्रह गर्नुभएको हो । आचार्यले आफुहरु सबै राजनितिक दल, सबै उमेद्वारका साझा मानिस भएको पनि बताउनुभएको छ । उहाँले कसैको पक्षमा भोट माग्न कसैको प्रचारक हुन नसक्ने र यो आफुहरुको बाध्यता पनि रहेको बताउनुभयो । सामाजिक सञ्जालमा लेख्दै उहाँले- ‘त्यसैले मित्रता, आत्मियता, नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु’ भन्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button