Grace Computer Jawalakhel
समाचार

सन्तोषीले घरमै पाउनुभयो नागरिकता

Citizenship!

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उक्त वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उहाँलाई प्रजिअ थापा, सहायक प्रजिअ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

शारीरिकरूपमा पूर्ण अशक्त हुनुभएका रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तावापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाले बताउनुभयो । शारीरिकरूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उहाँले बताउनुभयो ।

नागकिरता प्राप्त भएपछि खुसी हुनुभएका सन्तोषीका बुवा तोयबहादुरले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताउनुभयो । “राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन”, उहाँले गुनासो गर्नुभयो, “छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ । एक जना हेरालु खटिनुपर्छ । दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो ।”

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button