समाचार

न्यानो कपडा पाएपछि बालबालिका खुशी

Gobal IME Bank

पाल्पा । पाल्पा रामपुर नगरपालिका–७ स्थित विजय प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय रामपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै ५८ बालबालिकालाई शनिबार कपडा वितरण गरेको हो । पुसको कठ्याङ्गिँ्रदो जाडोमा न्यानो कपडा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन् ।

शाखा कार्यालय रामपुरका प्रमुख रमेश घिमिरेले बालबालिकाको शैक्षिकस्तर माथि उठाउन सबैले सहयोग गर्नुपर्छ भन्नुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कपडा वितरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

गरिमा विकास बैंकले विद्यालयमा आएर साना–साना बालबालिकालाई स्वीटर सहयोग गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले खुशी व्यक्त गर्नुभयो । विद्यालय स्थापनाको ५०औँ वर्ष पुगे पनि शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । हाल यहाँ नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हँुदै आइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button