समाचार
नयाँ हाँस्य टेलिश्रृखंला मालामाल प्रशारणमा -GoodNews24
काठमाडौँ, २९ जेठ निर्देशक सन्तोष खनालको नयाँ कमेडी टेलिश्रृखंला मालामाल हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुने भएको छ । ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलमा कलाकाल राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला लगायत कलाकारहरु रहेका छन । कमेडी जेनराको उक्त सिरियलमा नेपालकै कान्छी स्ट्यान्ड कमेडियन सुयशा खनालको समेत अभिनय गरेकी छिन ।
सामाजिक तथा समसामयिक बिषय माथि ब्यङ्ग्य प्रहार गरिने श्रृंखलामा तिलक कोइराला र चन्द्र पाण्डेको लेखन रहेको छ । दिलीप विष्टको छायाँकन, विनय कार्कीको संगीत संयोजन रहेको सिरियल सन्दिप चौधरीले सम्पादन गरेका छन् ।