समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै -Good News 24

Gobal IME Bank

काठमाडौँ, २६ असार ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्दैछ । बैठक आज सोमबारलाई भनिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले यसअघि असार २१ गते पदाधिकारी बैठकमा उपरोक्त विषयमा छलफल गरेको थियो । —

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button