समाचार

‘कोभिसिल्ड’लाई नेपालमा कोरोना खोपको अनुमति-GoodNews24

Gobal IME Bank

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ ।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार हुकुम डिस्ट्रिब्युटर्सले ‘कोभिसिल्ड’लाई आपतकालिन् प्रयोगको लागि दर्ता गरेको हो ।

सेरम इनिस्च्युटको खोपले औषधि ऐन २०३५ (तेस्रो संशोधनसहित)को दफा ९ क का आधारमा आपतकालीन प्रयोगको अनुमति पाएको हो । उक्त दफामा विभागमा दर्ता हुने खोप विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्न सकिने भनेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button