अन्यसमाचार

रासस पत्रकारिता पुरस्कार अधिकारी र झालाई -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा स्थापित यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्यकारी सम्पादक दिलीप अधिकारी र वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झालाई प्रदान गरिने भएको छ ।

शाखाले पुरस्कार छनोट समितिको सिफारिसमा उहाँहरुलाई उक्त पुरस्कार प्रदान निर्णय गरेको हो । पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ । यही फागुन ७ गते आयोजना हुने राससकोे ५९ औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने छ ।

शाखाले यस वर्ष राससका पूर्वसम्पादक धर्मप्रसाद थापालाई ‘पूर्वकर्मचारी सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । शाखाले हरेक वर्ष प्रदान गर्दै आएको यस वर्षको ‘उमाकान्त–गीतादेवी– चन्द्रमणि रजौरे स्मृति पत्रकारिता पुरस्कार’ रुकुमपूर्वकी जिल्ला समाचारदाता सर्जना कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेले आफ्ना पिता–माता र भाइका नाममा सो पुरस्कार स्थापना गर्नुभएको थियो । पुरस्कारको राशि रु सात हजार ५०० नगद र प्रमाणपत्र रहेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button