शिक्षा स्वास्थसमाचार

हालसम्म नोभेल कोरोना भाइरसका २१ हजार ४१० जना संक्रमित डिस्चार्ज- GoodNews24

Gobal IME Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिनु भएको छ । जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार जना र होम आइसोलेसनमा ६ हजार जना रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button