मुख्य समाचारसमाचार
संसदका महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट पेश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका बारेमा संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी महासचिव गौतमले ‘क्लिनचिट’ सहितको पत्र पठाउनुभएको थियो ।
सर्वोच्च अदालतमा बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले रिट निवेदन पेश गर्नुभएको हो ।
महासचिव गौतमले पठाउनुभएको ‘क्लिनचिट’ सहितको पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनु पर्ने मागसहित रिट निवेदन पेश भएको छ ।
रिट निवेदन हेर्नुहोस् :