शिक्षा स्वास्थसमाचार

न्युन रक्तचाप भयो भने के गर्ने ?

Low Blood Pressure

Gobal IME Bank

हाम्रो शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम भयो भने त्यसलाई न्यून रक्तचाप भनिन्छ । तर प्रय मानिसहरूले न्यून रक्तचापलाई गम्भीर समस्याको रूपमा लिंदैनन् । शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा ति अंगहरूको काममा बाधा पुग्छ ।

मानिसको शरीरमा सामान्य रुपमा १२०/८० रक्तचाप हुनु पर्छ । त्यो भन्दा रक्तचाप अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप ९० देखि १२० सम्म रह्यो भने त्यसलाई सामान्य मानिन्छ । तल्लो रक्तचाप ६० देखि ८० सम्म भयो भने त्यो पनि सामान्य नै हो । तर माथिल्लो ९० भन्दा कम र तल्लो ६० भन्दा कम भयो भने त्यसलाई न्यून रक्तचाप भनिन्छ ।

न्यून रक्तचाप हुनु पनि स्वास्थ्य समस्या हो । न्यून रक्तचाप भएर रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, कमजोर महसुस हुने, आँखा धमिलो हुने जस्ता लक्षण देखा पर्छ।

न्यून रक्तचाप हुँदा शरीरमा रगतको दबाब कम भएर मुटु, किड्नी, फोक्सो र दिमाग जस्ता अंगसम्म रगत पुग्न सक्दैन । त्यसैले न्यून रक्तचाप के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउनु आवश् हुन्छ ।

न्यून रक्तचाप हुनुमा एउटा मात्र नभई विभिन्न कारण हुन सक्छन् । मुटुको समस्याको कारण फोक्सोमा हावा जम्दा, कुनै कुनै औषधि सेवन गर्दा पनि रक्तचाप कम हुन्छ । साथै लामो समय पानी नखाई बस्दा डिहाइड्रेसन भएर, झाडा बान्ता भएको बेला, तनाव र सेप्सिस भयो भने पनि रक्तचाप कम हुने गर्छ ।

महिलामा हुने विभिन्न हार्मोनहरुको कारण पुरुषको तुलनामा महिलाहरुको रक्तचाप कम हुन्छ । पुरुषहरु कम तनाव लिने भएको कारणले गर्दा पनि महिलाको रक्तचाप पुरुषको तुलनामा कम हुन सक्छ ।

न्यून रक्तचाप हुँदा घरमा नै प्राथमिक उपचार गर्न सकिन्छ । रक्तचाप कम भएर भएर चक्कर लाग्यो भने धेरै समय उभिइराख्नु हुँदैन । सजिलो गरी सुतेर खुट्टा माथि उठाउनुपर्छ । खुट्टा माथि उठाइयो भने शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ र रक्तचाप सामान्य अवस्थामा आउन सक्छ ।

डिहाइड्रेसनको कारण रक्तचाप भएको छ भने पानीमा थोरै नुन राखेर र अन्य झोलिलो पदार्थ पिउनुपर्छ जसले रक्तचापलाई बढाउन मद्दत गर्छ ।

उच्च रक्तचापको जस्तो न्यून रक्तचापमा औषधि सेवन गरिराख्नु पर्ने हुँदैन । कतिपय अवस्थामा प्रेसर ९०/६० छ भने पनि चक्कर लाग्ने, कमजोर महसुस हुने जस्ता लक्षणहरु देखा पर्दैनन् तर यस्तो बेलामा आत्तिनु हुदैन। प्रेसर कम हुने कारण पत्ता लगाएर त्यसको उपचार गरेपछि रक्तचाप सामान्य अवस्थामा आउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button