समाचार
पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा बढी १,११२ कोरोना संक्रमण मुक्त-GoodNews24

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनु भएको हो। यसअघि मंगलबारको तथ्यांक अनुसार नेपालमा अहिले सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।
मन्त्रालयका अनुसार मंगलबार सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको थियो । पछिल्लो २४ घण्टामा भने थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”3549″]
[irp posts=”3554″]
[irp posts=”3544″]