अन्यसमाचार

भोलि नेपाल विश्वकप छनोटको लागी लाओसविरुद्ध खेल्दै

Nepali Cricket Team

Gobal IME Bank

काठमाडौं। नेपालले भोलि लोओसविरुद्ध खेल खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्दैछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले जानकारी दिएका छन् ।

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए । उनले भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

टिममा रहेका नयाँ र उर्जावान युवाहरुले आफ्नो शैलीमा धेरै हदसम्म निपूर्ण भइसकेको भन्दै उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैत्रमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

उनले भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह पनि गरेका छन् । दशरथ रंगशालामा हुने हरेक खेलमा १२औं खेलाडीका रुपमा घरेलु दर्शक हुने भन्दै उनले भने, ‘भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button