शिक्षा स्वास्थसमाचार

प्रोटिन शेक फाइदाजनक छ

Protein Shake!

Gobal IME Bank

अहिले विश्वभर प्रोटिन सप्लिमेन्टका बारेमा चिन्ता व्यक्त भैरहेको छ र प्रोटिन सप्लिमेन्टको लेबलमा चेतावनी पनि लेखिनु पर्ने माग हुन थालेको छ किनभने प्रोटिन शेक युवाहरू विशेष गरी जिम जानेहरू माझ निकै लोकप्रिय छ ।

प्रोटिन एक आवश्यक पोषक तत्व हो । यसले मांसपेशी निर्माण र मर्मत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्रोटिनले हड्डी र रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनुका साथै मुटु, मस्तिष्क तथा छालालाई स्वस्थ राख्छ। मेडिकल रिसर्चहरुका अनुसार दैनिक शरीरको तौलमा ०.८ देखि १ ग्राम प्रोटिन दक्षिण एशियालीहरूका लागि पर्याप्त छ । साधारणतया आफ्नो आहारको एक चौथाई प्रोटिन हुनुपर्छ।

प्रोटिन शेक शरीरलाई आवश्यक प्रोटिनको मानक मात्रा हो । उमेर, स्वास्थ्य, शारीरिक परिश्रम तथा व्यायामको स्तर अनुसार सबैको प्रोटिनको आवश्यकता फरक फरक हुन्छ । धेरैजसो मानिसलाई यसको सही मात्रा थाहा हुँदैन । अण्डा, दूध, दही, माछा, दाल, मासु, भटमास आदि प्रोटिनले भरिपूर्ण हुने भएकाले विभिन्न देशका अधिकांश युवाले आफ्नो खानाबाट आवश्यक परिमाणको प्रोटिन पाउँछन् । प्रोटिन सप्लिमेन्टहरू आहारबाट उपलब्ध नहुने प्रोटिनको कमी पूरा गर्न सेवन गर्ने गरिन्छ।

प्राय प्रोटिन सप्लिमेन्टहरू पाउडरका रूपमा उपलब्ध छन् जुन मुख्य रूपमा शेक बनाएर खपत गरिन्छ । प्रोटिन पाउडर विभिन्न स्रोतहरूबाट लिइएको प्रोटिनको पाउडर हो। यो प्रोटिन पाउडर आलु, भटमास, चामल र मटर जस्ता बोटबिरुवाका साथै अण्डा वा दूधबाट पनि पाइन्छ ।

डाक्टरहरु भन्छन् हाम्रो तौल ५० केजी छ भने दैनिक ५० ग्राम प्रोटिन खाँदा कुनै समस्या हुदैन। प्रोटिन पचाएर उत्पादन हुने अतिरिक्त अमोनियालाई शरीरले युरियामा परिणत गरी पिसाबबाट निकाल्छ । तर कतिपयले मानिसहरूसँग अमोनियालाई यूरियामा रूपान्तरण गर्ने इन्जाइमहरू हुँदैनन् अर्थात् उनीहरूको यूरिया चक्रमा विकार हुन्छ। यसको बेफाइदा भनेको शरीरमा अमोनियाको मात्रा बढ्नु हो जुन मस्तिष्कका लागि निकै हानिकारक हुन्छ । यी युरिया विकार विभिन्न प्रकारका हुन्छन् र यस प्रकारको समस्या भएका मानिसहरूका लागि अधिक प्रोटिन लिनु खतरनाक हुन सक्छ।

खासगरी बडी बिल्डिङ तथा खेलकुदमा लाग्ने युवाहरुमा प्रोटीन सप्लिमेन्ट लिने प्रवृत्ति निकै बढेको देखिएको छ । आफ्नो तौल कम महसुस गर्नेहरुले तौल बढाउन प्रोटिनको प्रयोग गर्छन् । त्यसपछि तौल त बढछ तर समस्या पनि सुरु हुन्छ । युवाहरूले बिना सोचबिचार प्रोटिन सप्लिमेन्ट खान थालेपछि बिरामी पर्ने गरेका छन् ।

चिकित्सकहरुले प्रोटिन शेक खान सिफारिस गर्दैनन् किनभने कहिलेकाहीँ यसले कोशिका भित्रका प्रक्रियाहरूलाई असर गर्छ र रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यसका कारण युवाहरुको कलेजोमा पिप भरिएको धेरै घटना पनि देखिएका छन । यहि कारणले शरीर राम्रो हुँदाहुँदै पनि कसैलाई निमोनिया पनि भएको छ । युवामा बडी बिल्डिङ गरि प्रोटिन शेक लिनेहरु ज्यादा मात्रामा छन्। धेरै युवाहरूले यसको फाइदा बेफाइदा राम्रोसँग नबुझि प्रोटिन सप्लिमेन्ट लिन थाल्छन्, उनीहरूलाई आवश्यक नहुँदा पनि । यहि कारणले जिम जाने धेरैलाई कार्डियक अरेस्ट समेत भएको छ ।

राम्रो शरीर राम्रो स्वास्थ्यको मापन होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा सन्तुलित आहार हो। जिम जाने मानिसहरूले सामान्यतया दूधबाट बनेको प्रोटिन प्रयोग गर्छन् । सप्लिमेन्ट खानुको सट्टा मानिसले आफ्नो खानपिनमा ध्यान दिनुपर्ने र सन्तुलित आहार लिनुपर्ने चिकित्सकहरू बताउँछन् । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button