मुख्य समाचारसमाचार

प्रधानमन्त्री तथा कांग्रेस सभापतिद्वारा डडेल्धुराबाट उम्मेदवारी दर्ता

Gobal IME Bank

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उहाँकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउन डा. आरजु देउवा हिजो नै डडेल्धुरा पुग्नुभएको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button