गुड न्यूज 24मुख्य समाचारसमाचार

दशैँको लागि आजबाट नयाँ नोट साट्न पाइने

Nepal Rastra Bank

Gobal IME Bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैँ, तिहार, छठलगायत चाडपर्वको लागी लक्षित गरी आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वमा नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको छ ।

काठमाडौँ उपत्यका बाहिर भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष दसैँ अगाडी चाडबाडको अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button