गुड न्यूज 24समाचार

असोज २९ गते देखि दशैँका लागि नयाँ नोट वितरण गर्दै

New Notes

Gobal IME Bank

यस वर्षको दसैँ र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिने भएको छ ।

दसैँ तिहार र छठको लागि घटस्थापनाको भोलिपल्टअसोज ९ गते देखि नयाँ नोट साट्ने सुविधा सुरु गर्ने गरी आन्तरिक कार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘नयाँ नोट सटही सुविधाबारे निर्णय भइसकेको छ, यसबारे आइतबार निर्णय सार्वजनिक गर्छौं,’ स्रोतले बतायो , ‘यस वर्ष पनि विगतका वर्षमा जस्तै राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिइन्छ ।’ १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरिरहेको छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दशैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रम सरह मानेर वितरण गर्दै आएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोड अन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ ।

क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा नपाउने भने होइन, सटही सुविधा सबैले पाउने राष्ट्र बैंकले बताएको छ । यद्यपि सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न आग्रह गरिने राष्ट्र बैंकको तयारी छ । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button