मनोरञ्जनसमाचार

दया र प्रकृतिको ‘बिहे पास’ टिजर सार्वजनिक, दम्पतीको भुमिकामा दया र प्रकृति

Gobal IME Bank

काठमाडौं । चलचित्र ‘बिहे पास’ को आधिकारिक टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा अभिनेता दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठलाई श्रीमान श्रीमतीको भुमिकामा देखाइएको छ ।

चलचित्रलाई प्रवेश पौडेलको निर्देशन गरेका हुन भने रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय रहेको छ । चलचित्र वैशाख १ गते प्रदर्शन हुने भनिएको छ ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ बर्ष २०८० मा प्रदर्शनमा ल्याउन लागेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button