Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

डेंगु ज्वरो घटेको ‘४८’ घण्टा हुन्छ क्रिटिकल

Dengue Fever

काठमाडौँ। काठमाडौँमा गत वर्ष डेंगुले महामारीको रुप लिँदा अधिकांशले घर घरमा बसेर आफ्नो हेरचाह गरेका थिए। जहिले पनि महामारीको अवस्था शृजना हुँदा उपलब्ध भएका अस्पतालका शैय्याहरु सबै संक्रमितलाई भर्ना गरि उपचार गर्न पर्याप्त हुदैन। यस्तो अवस्था विकसित देशमा पनि सृजना हुने कोभिड-१९ को महामारीमा नै देखाइसकेको छ। त्यसैले अधिकांश संक्रमित घरमा अलग्गै बस्ने र स्वास्थमा विशेष परिस्थिति शृजना जस्तै अक्सिजनको स्तर घटेमा तुरुन्तै अस्पताल जाने सल्लाह दिने गरिन्थ्यो। कोभिड-१९ को यहि मोडेल काठमाडौँ डेंगु महामारीमा पनि लागु भएको थियो।

संक्रमित भई घरमा बसेको अवस्थामा जटिल डेंगुका (चेतावनीका संकेतहरु) संकेतहरु देखिए तुरुन्त अस्पताल जान सल्लाह दिने गरिएको थियो। हाल धरान लगाएतका बिभिन्न ठाउँहरुमा डेंगु फैलिदै गर्दा भएका अस्पतालका शय्याहरु पर्याप्त नहुँदा धेरै संक्रमित घरमा बस्नु पर्ने बाध्यता हुनेछ। तसर्थ कोभिड-१९ को मोडेल अहिलेको धरान डेंगु महामारीमा पनि लागु गर्न सकिन्छ। कोभिड-१९ मोडेल मा जस्तै डेंगुमा पनि यसको जटिल अवस्थाका संकेतहरु थाहा पाउन अति आवश्यक हुनेछ।

डेंगु रोगलाई फेवराइल, क्रिटिकल, र रिकभरी फेज गरि तीन अवस्थामा बाँडिएका छन्। फेवराइल फेज समानतय २ देखि ७ दिनको हुने गर्छ। यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्य दुख्ने, शरीरमा स साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरु देखिने गर्दछ। यो फेजमा ज्वरो घटेपछि विस्तारै सुधार उन्मुख हुदै जान्छ।

गत वर्ष काठमाडौँ महामारीमा ८ देखि १० दिनमा बिरामीमा ज्वरो घटेर बिमारी ठिक हुने गरेका थिए। तर कतिपयमा भने ज्वरो घटेसंगै क्रिटिकल फेज वा जटिल डेंगु देखिन शुरु भएको थियो। यहि समय नै संक्रमितको लागि महत्वपूर्ण र सतर्कता अपनाउनु पर्ने अवस्था हो।

क्रिटिकल फेज वा जटिल डेंगुको जोखिम २४ देखि ४८ घण्टाको हुने गर्छ। बारम्बार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति आलश्य हुनु, रक्तश्राप जस्तै गिजा, नाक आदिबाट रगत बग्नु जस्ता समस्या बिरामीले अनुभव गर्न सक्छन भने प्रयोगशाला परिक्षण गर्दा रगतमा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्ने र हेमाटोकृत बढेको पाईन्छ।

चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ। त्यसैले घरमा संक्रमित भई बसेको अवस्थामा ज्वरो घटेसँगै बारम्बार बान्ता हुने, असाध्य पेट दुख्ने, अति आलश्य हुने, रक्तश्राप आदि देखिएमा त्यो जटिल डेंगु हुनसक्छ त्यसैले तुरुन्त अस्पताल जानु पर्छ।

४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन। र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्दछ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button