Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

डेगींका बिरामीले के खाने ? के नखाने ?

Dengue

काठमाडौँ । पछिल्लो समय नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । पछिल्लो आठ महिनाको अवधिमा नेपालमा डेंगी संक्रमितको संख्या ७ हजार ७ सय ३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा ७ जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।
चिकित्सकका अनुसार उपचाररतमध्ये अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएको छ। संक्रमणपछि सिकिस्त देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिनसक्ने भएकाले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ ।

तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै यस्ता लक्षण देखिने र सामान्य असर देखिने हुन सक्छ । ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन चिकित्सकले सुझाव दिएका छन्।

पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन ९शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु० हुने भएकाले जीवनजल पानी पिइ रहन चिकित्सकहरु सुझाव दिन्छन् । डेंगु संक्रमितका लागि नेसनल न्युट्रेसन काउन्सिल अफ चाइनाले तयार पारेको मार्गदर्शन अनुसार

खान हुने र नहुने खानेकुराको सूची निम्न यसप्रकार छन्:

खानुपर्ने

-पानी र झोलजन्य पदार्थ ।
-क्यालोरीयुक्त खानेकुरा जस्तै भात, आलु, दूध आदि
-आइरनयुक्त खानेकुरा कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरु ।
-भिटामिन सी पाइने खानेकुरा भुइँकटहर, मेवा, कागती आदि ।
-भिटामिन के पाइने खानेकुराहरु केरा, प्याज, बन्दा, काँक्रो आदि ।

खान नहुने खानेकुरा

-चकलेट, चकलेट जन्य ड्रिंक्स्, बट्टाको राखिएका जुस ।
-धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरु ।
-मसालेदार खानेकुराहरु ।
-चिया, कफी तथा कफीजन्य खानेकुराहरु आदि ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button