काठमाडौँ। हाल देशभरी देखिएको डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ ? कत्रो हुन्छर ? यसले किन दिउसो बढी टोक्छरु यो लामखुट्टे कति दिन बाँच्छ ?
डेंगु गराउने लामखुट्टे एडिस एजिप्टाइ र एडिस एल्वोपिटक्स विशेष गरी २ प्रकार छन्। यी दुवै किसिमका लामखुट्टेले डेंगु भाइरस सार्छ। घरभित्र खाटका कुनाहरुमा, झ्यालभित्र, अध्यारो ठाउँमा एडिस एजिप्टाइ जातको लामखुट्टे बस्ने गर्छ।
एडिस एजिप्टाइ घर भित्र बस्छ। एडिस एल्बोपिटक्स घर बाहिर बस्छ। त्यसैले डेंगुको संक्रमण घर भित्र र घर बाहिर दुवै स्थानबाट सर्न सक्ने जोखिम हुन्छ ।
नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसालै गरेको अनुसन्धानमा एडिस एजिप्टाइ बढी मात्रामा देखिएको छ। नेपालमा पहिला भएका अध्ययनहरुले पनि नेपालमा एडिस एजिप्टाइ जातको लामखुट्टे बढी रहेको जानकारी दिएको छ।
यो लामखुट्टे ४ मिलिमिटर साइजको हुन्छ। यो लामखुट्टे कालोमा सेता छिरबिरे रंगको हुन्छ। कालोमा सेतो थोप्ला हुने भएकाले यसलाई एसियन टाइगर मस्क्यिुटो पनि भनिन्छर यो सानो हुन्छ। यो लामखुट्टे बिहान दिउँसो अर्थात उज्यालोमा बढी सक्रिय हुन्छ।
यो लामखुट्टे बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म बढी सक्रिय हुन्छ। तर यसले जुनसुकै समयमा पनि टोक्नसक्छ। बढी सक्रिय हुने समयमा भने बढी टोक्ने जोखिम हुन्छ।
लामखुट्टेले टोकेपछि शरीरमा के हुन्छ ?
टोकेको स्थानमा फोका आउने, चिलाउने जस्ता समस्याहरु हुन्छ र डेंगु संक्रमित लामुट्टेले मानिसलाई टोकेमात्र डेंगु सर्छ। लामखुट्टेमा पनि डेंगुको भाइरस भएको अवस्थामा मात्र यो संक्रमण मानिसमा सर्ने हो। संक्रमित लामखुट्टेले टोकेका तीन देखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखन थाल्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्।
यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्छ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।
यो लामखुट्टेले राती टोक्दैन ?
यो लामखुट्टेले जुनसुकै समयमा टोक्न सक्छ। दिउसोको समयमा बढी सक्रिय हुने भएकाले दिउँसो यसले बढी टोक्छ।
यो लामखुट्टे फोहोर पानीमा बस्दैन। सफा पानी भएको ठाउँमा बस्छ। फालेका टायर, ड्रम, गमला, साना–साना रंगका बट्टाहरु जथाभावी रुपमा फाल्दा त्यहाँ वर्षातको पानी भरिएर केही दिनमा सफा भएर जमेर बस्छ। यस्तो ठाउँमा यो लामुखट्टेले अण्डा पार्छ। लामखुट्टेले फूल पारेको ३ देखि ४ दिनमा लार्भा बन्छ। लार्भा बनेको २ देखि ३ दिनमा प्युपा बन्छ, प्युपा भएको २,३ दिनमा वयस्क लामखुट्टे बन्छ। यसको जन्म प्रक्रिया ७ देखि १० दिनको हुन्छ। यसमा तापक्रमले पनि फरक पार्छ।
डेंगु संक्रमित लामखुट्टेले पारेको फूलमा पनि डेंगुको भाइरस पाइन्छ र यो फूल वयस्क लामखुट्टे बन्दा डेंगु संक्रमित लामखुट्टे नै बन्छ। यसलाई ट्रान्सोभाइरल ट्रान्मिसन भनिन्छ। एउटा संक्रमित लामखुट्टेबाट जन्मिने नयाँ लामखुट्टेहरुमा डेंगुको भाइरस हुन्छ त्यसैले लामखुट्टे नियन्त्रण नभएमा संक्रमित लामखुट्टेको उत्पादन बढ्छ र डेंगुको संक्रमण पनि फैलिनसक्छ।
यो लामखुट्टेको आयु कति हुन्छ ?
डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टेको आयु तीन हप्ताको हुन्छ। एउटा डेंगु संक्रमित लामखुट्टेले धेरै व्यक्तिलाई टोक्नसक्छ। यसको आयु तीन हप्ताको हो, त्यसैले डेंगु संक्रमित लामखुट्टेको पनि आयु त्यति नै हो।षे लामखुट्टेले कुनै व्यक्तिलाई टोकेपछि मर्दैन।
।
अहिले नेपालमा डेंगुले प्रकोपको रुप लिएको अवस्था छ। त्यसैले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्न समुदायको सक्रियता आवश्यक पर्छ। घर वरपर खाली बट्टा वा भाडामा पानी जम्न दिनु हुदैन। पानी जम्ने खाल्डाखुल्डी छ भने पुर्नुपर्छ। पानी जमेको छ भने फाल्नुपर्छ। अहिले धेरै मानिसहरु संक्रमित भएको अवस्थामा यसले प्रकोपको रुप लिइसकेको छ। त्यसैले लामखुट्टे नियन्त्रणका लागि घर, अफिस तथा बाहिर पनि लामखुट्टे नियन्त्रणका उपायहरु अपनाउनुपर्छ। सरकारले लामखुट्टे मार्नका लागि प्रयोग गर्न अनुमति दिएका विषादीहरुको प्रयोग पनि गर्नुपर्छ।
तापक्रम १८ डिग्री सेल्सियसमा नझरेसम्म डेंगु गराउने लामखुट्टेलाई उपयुक्त मौसम रहिरहने भएकाले डेंगु गराउने लामखुट्टेको उत्पादन नियन्त्रण गरिएन भने चिसो मौसन नआएसम्म डेंगुको प्रकोप नियन्त्रण हुदैन।