मुख्य समाचारसमाचार

अनशनरत डा. केसी काठमाडौं आउँदै – Good News 24

Gobal IME Bank

काठमाडौं । अनशनरत डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । उनी आफ्नै खर्चमा ४ः४५ बजे धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।

यद्यपी सरकारले नेपाली सेनाको हेलिकप्टरमा उलाई उद्धार गर्न प्रयास गरेको थियो तर उनले अस्विकार गरेका हुन् । १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button