मुख्य समाचारसमाचार

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्ः राज्यमन्त्री कार्की

Gobal IME Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभागलाई यस्तो बताउनुभएको हो । उहाँले न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनु भयो । उहाँले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताउनु भयो ।

उहाँले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने बताउनु भयो । उहाँले देश भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।

राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘कुनैपनि प्रोडक्टहरु बनिन्छि, तर बजारमा पुग्दैगर्दा फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ । बजारमा अहिले धेरै विज्ञापनहरु सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरिका मालिस गर्ने तेलहरु, दाँत सेतो पार्ने औषधिहरु, कपाल उमार्ने तेलहरु र आयुर्वेदिक औषधिहरुको गुणस्तर मापन कसले गरिरहेको छ, डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ । यसमा हामीले कत्ति पनि कम्परमाइज गर्नु हुँदैन । यस सम्बन्धी कार्यविधि के कस्ता हुनुपर्छ, त्यससम्बन्धी कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ, त्यो उत्पादन बनिसकेपछि त्यसले डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारी पछि व्यापक भइरहेको छ । अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button