समाचारसूचना प्रविधि

सन् २०२५ का लागि डिभीको आवेदन खुला, के के कुरामा ध्यान दिने ?

DV form

Gobal IME Bank

काठमाडौँ। अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुला भई सकेको छ।

नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९:४५ बजेबाट डिभीको आवेदन खुला भएको छ । बुधबार रातीबाट खुलेको डिभी कात्तिक २९ गते राति १०:४५ बजे बन्द हुने दूतावासले जानकारी दिएको छ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आवश्यक कागजात राखेर भर्न सकिन्छ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्ने हुन्छ। विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र सन्तान हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम राखिएको छ।

डिभी भर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन ?

  • डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन। यसको लागि आवेदन निस्शुल्क प्राप्त हुन्छ ।
  • डिभीको लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन। अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुपर्छ। सहयोग जसले उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि स्वयम् जिम्मेवार भइने छ।
  • डिभीको फारम अनलाइन भर्नुपर्ने छ।सन् २०२५ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडि.भी.) आवेदन फारम भर्नु पर्नेछ।
  • पारिवारिक विवरण खुलाउनुपर्ने छ । आवेदन भर्दा आफनो पति पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य हुन्छ। उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिनेछ।
  • एक जनाका लागि एउटा मात्र आवेदन आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।
  • अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्छ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्छ। फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन।
  • अघिल्लो वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डि.भी. आवेदन भर्ने समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशिन दिएको थियो। अहिले भने आफ्नो डि। भी। आवेदन भर्ने समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य गरिएको छैन।
  • आफ्नो कन्फर्मेशन नम्बरलाई सेभ र प्रिन्ट गरेर राख्नुहोस । यो नम्बर नै आफनो स्टेटस चेक गर्ने एक मात्र माध्यम हो।
  • आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिने ।
  • डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण मे ४ , २०२४ ९२०८१ वैशाख २२ ० मा वा त्यसपछि https://dvprogram.state.gov/  मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गरि चेक गर्न सकिन्छ।
  • आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान दिनु पर्छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भने जानकारी ईमेल सूचना पठाइँदैन।
  • डि.भी. का लागि छानिदैमा तपाईले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाई आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि।भी। का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई चेक गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ।
  • डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/ मा उपलब्ध छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button