गुड न्यूज 24समाचारसूचना प्रविधि

के हो ई पासपोर्ट ?

Gobal IME Bank

एजेन्सी । नेपाल सरकारले प्रयोग गर्न थालेको ई पासपोर्ट के हो ? यो हामी सबैमा भएको जिज्ञासाको विषय हो । पहिले नेपालमा हातबाट नै लेखेको पासपोर्ट पाइन्थ्यो त्यस पछि सन् २०१० मा नयाँ सुरक्षाहरुलाई ध्यानमा राखेर एम आर पी पासपोर्टको प्रयोग गर्न थालिएको थियो । एम आर पासपोर्टलाई मेसिन रिबल पासपोर्ट भनिन्छ । यसमा पनि धेरै कमीकमजोरीहरु देखिन्छ । नेपालको पासपोर्ट संसार भरिको कमजोर पासपोर्टमा ७ औं नम्बरमा पर्छ ।

विश्वको शक्तिशालि र कमजोर पासपोर्टको रेंकिङ्गमा १९२ स्थानमा पर्छ नेपाली पासपोर्ट, यो रेंकिङ्गलाई धेरै नै कमजोर मान्न सकिन्छ । एम आर पी पासपोर्टमा मेसिनद्वार पासपोर्ट रिड गर्न मिल्ने कोड हुन्छ जसको माध्यबाट विमानस्थलको सुरक्षकर्मीले हाम्रो बारे जानकारीको प्रमाण हेर्ने गर्छ । पासपोर्टको फोटो हाम्रो अनुहार हेरेर पासपोर्ट हाम्रो नै हो कि होइन भनेर प्रमाणात गरिन्छ तर कुनैबेला मान्छे मोटाएर, दुब्लाएर वा दाह्रिजुंगा पालेर फरक देखिइ रहेको हुन्छ ।

यतिबेला मान्छेको पासपोर्ट प्रमाणित गर्न निकै समय लाग्छ र यात्रीलाई निकै समस्या पर्न जान्छ । एम आर पी पासपोर्टको यो निकै नै कमजोर पाटो थियो जसको समाधान ई पासपोर्टद्वारा हुनेछ । अहिलेको ई पासपोर्टमा एसियाकै सुरक्षित र भरपर्दो पासपोर्ट सिस्टमलाई कार्यान्वयन गरेको छ र नेपाल सरकार अब नेपालको पासपोर्टलाइ कमजोर मानिदैन भन्ने कुरामा विश्वस्त छ । ई पासपोर्ट भन्ने वित्तिक्कै धेरै व्यक्तिहरुमा पासपोर्ट भर्चुअली उपलब्ध हुने पासपोर्ट भनेर बुझ्ने गर्छन ।

ई पासपोर्ट पनि एम आर पी पासपोर्ट जस्तै हुन्छ तर फरक के हो भन्दा ई पासपोर्टमा सिमकार्ड जस्तै एउटा चिप राखिएको हुन्छ जसमा हाम्रो आँखाको आइरिस स्क्यान , हाम्रो फिङ्गर प्रिन्ट र हाम्रो अनुहारको संरचनाको जानकारी इत्यादि राखिएको हुन्छ र जसलाई बायोमेटिक डेटा पनि भनिन्छ । यी सबै जानकारी हरेक मान्छेको उनीहरुको संरचना अनुसार फरक फरक हुन्छ । हाम्रो पासपोर्ट भेरिफाई गरेर अर्को देशमा प्रवेश गर्ने समयमा हाम्रो आँखा, अनुहार र फिङ्गर प्रिन्टलाई स्क्यान गरी हाम्रो पासपोर्टमा भएको डाटाहरु सँग म्याच गरि प्रमाणित गरिन्छ र यी सबै डाटाहरु म्याच र भेरिफाई भए पछि मात्रै हामी अर्को देशमा प्रवेश गर्न सक्छौ । यो सिस्टमको कारणले गर्दा मान्छे चिन्नमा गल्ती हुन सक्दैन र भेरीफिकेसनको प्रोसेसमा पनि समय लाग्दैन ।

अहिले ई पासपोर्ट सातवटा रङ्गमा उपलब्ध छन् । यसमा स्टान्डर्ड नागरीकले पाउने पासपोर्ट गाढा ब्राउन रङ्गको हुन्छ । कुटनैतिक पासपोर्ट क्रिमसन रेड, आधिकारीक पासपोर्ट नेभि ब्लु, र अन्य पासपोर्ट ओरेन्ज, कालो र स्लेट ब्राउनहरुमा पासपोर्ट पाइने छ । यदि आफु सँग पुरानो पासपोर्ट छ भने पनि त्यसलाई केही गर्नु पर्दैन सरकारको जानकारी अनुसार यो एम आर पी पासपोर्ट अबको ७, ८ बर्ष सम्म पनि एप्लिकेबल रहने छ । अबका दिनमा नयाँ पासपोर्टको आवेदन दिदा भने ई पासपोर्ट नै हामीले प्राप्त गर्ने छौ ।

ई पासपोर्टको आवेदन दिँदा के गर्नु पर्छ ?
अब हामीले ई पासपोर्टको लागि आवेदन दिदा परिचय पत्र अनिवार्य रुपमा चाहिन्छ । यदि तपाई ई पासपोर्ट बनाउन चाहानुहुन्छ भने पहिले परिचय पत्र बनाउन आवश्यक पर्छ त्यसपछि भने जिल्ला प्रशासन कार्यलयमा गएर वा राहदानि विभागमा गएर बाँकी प्रक्रिया अगाडी बढाउन सक्नुहुन्छ ।

ई पासपोर्टको लागि सरकारी वेभसाइटमा गएर अनलाइनको माध्यमबाट पासपोर्टको लागि आवेदन फारम पनि भर्न सकिन्छ । हामीले साधारण प्रक्रियाबाट ३४ वा ६६ पेजको राहदानी बनाउन सक्छौ ३४ पेजको राहदानीको लागि रु ५००० र ६६ पेजको राहदानिको लागि रु १०,००० लाग्नेछ । पासपोर्ट छिटो बनाउनु पर्ने अवस्थामा ३४ पेजको पासपोर्ट रु १२००० तिरेर बनाउन सकिन्छ र रु २०,००० तिरेर ६६ पेजको पासपोर्ट बनाउन सकिन्छ ।

यदि हाम्रो पासपोर्ट हरायो भने पनि अरु भेटाउने मान्छेले हाम्रो पासपोर्टको दुरुपयोग गर्न सक्दैन । यो पासपोर्ट सिस्टमबाट नेपालको पासपोर्ट बलियो हुनुका साथै हामीलाइ पनि कुनै देश जाँदा भेरिफिकेसनमा समस्या आउँदैन।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button