Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

छोराछोरीलाई जबरजस्ती विज्ञान विषय पढाउने साेचमा हुनुहुन्छ भने एकचोटि विचार गर्नुहोस्

Educational Terms!

बालबच्चाहरु अभिभावकका आशा र सपनाका वाहक हुन् । उनिहरुको राम्रो पढाई पक्कै पनि अभिभावकको सरोकार र दायित्वको विषय हो तर साथसाथै अभिभावकले उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका छन् यो बारे पनि विचार गर्नुपर्ने समय भएको छ । कतै पढाई र परिक्षाफलको अतिरिक्त प्रेसर र बोझले गर्दा हामीले हाम्रो बालबालिकाको सुमधुर बालपन हामीले खोसीरहेका त छैनौ ? सबै बच्चाहरु खुशी नहुन पनि सक्छन अनि सबै खुशी बच्चाहरु राम्रो रिजल्ट ल्याउन सक्षम नहुन पनि सक्छन ।

एसईई नतिजा आएसँगै छोराछोरीलाई जबरजस्ती विज्ञान विषय पढाएर डाक्टर पढाउने तरखरमा हुनुहुन्छ भने एकचोटि विचार गर्नुहोस्। छोराछोरीलाई आफ्नो मन पर्ने करियर आफै छान्न दिनुस्। हाम्रो समाजमा छोराछोरी सानो हुँदादेखि नै डाक्टर नै बन्नुपर्छ भन्ने मान्यतामा विकसित गरिएको हुन्छ । उसको चाहको विषयभन्दा पनि करलाग्दी वा देखावटी रूपमा नै अभिभावकको चाहको विषय दिमागमा थोपर्ने नियतिलाई दुर्भाग्य मान्नुपर्छ। यसको अर्थ डाक्टर बन्न हुँदैन भन्न खोजेको हैन ।

मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा पाइला टेक्नु भन्दा अगाडि नै संवेदनशील भएर सोच्नु चैं जरुरी छ।  त्यसैले अभिभावकले आफ्नो प्रतिष्ठित भविष्यलाई मात्र मध्यनजरमा राखेर यो विषयमा रुचि नै नभएको सन्तानलाई यो भुमरीमा धकेल्नुहुँदैन।

अभिभावकले जबरजस्ती पढ्न लगाएको विषयको कारण बच्चाहरु तनावमा जान सक्छन् । पढाई र अभिभावकको राम्रो रिजल्ट ल्याउन पर्छ भनेर दिइने प्रेसर ह्यान्डल गर्न नसकि कतिपय बच्चाहरुले आत्महत्याको बाटो समेत रोज्ने गर्छन् । के अभिभावकका लागि आफ्नो सन्तानको जिवन भन्दा अमुल्य हुन्छ इज्जत ? सबैभन्दा महत्वपूर्ण के सन्तानले गर्ने पढाइ र त्यस पश्चातको कामको कारण बच्चालाई आत्मसन्तुष्टि मिल्छ वा मिल्दैन भन्ने कुरा हो ।

आजकाल मानसिक तनाव, डिप्रेशन र आत्महत्यासम्मका घटनाहरू विद्यार्थीमा बढ्दै गइरहेका छन् पढाइको प्रेसर र भविष्यको अन्योल नै यसका मुख्य कारण हुन्। एउटा अपरिपक्व निर्णयले अरु बच्चाहरु पनि यसकै  शिकार हुन के बेर ? त्यसैले अभिभावक महोदयहरू, बहकाउमा होइन आफ्ना सन्तानले जुन काम गर्दा अथवा विषय पढ्दा आत्मसन्तुष्टि र खुशी भेट्न सक्छन् त्यतैतिर दत्तचित्त भएर लाग्न हौसला प्रदान गर्नुहोस्। अहिले एसईई वा प्लस टु अध्ययन पश्चात लोभलाग्दा विज्ञापनका भरमा स साना भाइबहिनीका ध्यान आफूतिर खिचेर मनग्ये पैसा कमाउने साइन्स कलेजदेखि लिएर कोचिङ इन्स्टिच्युटहरू च्याउसरी उम्रिएका छन्।

डाक्टर बन्ने ठूला सपनाहरू देखाएर, अप्राकृतिक रूपमा अभिभावकका सोचहरू बङ्ग्याएर यस्ता प्राइभेट संस्थाहरूले पनि विद्यार्थीको आफू अनुकूल विषय सोच्ने र छनोट गर्ने काममा प्रतिकूल असर पुर्‍याइराखेका हुन्छन्। सही मार्गनिर्देशन गर्न सके त विद्यार्थीमा आउन सक्ने फ्रस्टेसन र अभिभावकमा पर्ने अनावश्यक बोझ समेत हल्का हुनेथियो। अचेल प्यारामेडिक्स, सिए, कानुन, कृषि एवं वन विज्ञानमा मानिसको आकर्षण बढ्दैछ। यो मात्र नभएर शिक्षण पेशा, पत्रकारिता, राजनीतिशास्त्र, प्रशासन जस्ता विषयमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। सूचनात्मकताले भरिपूर्ण आजको युगमा तार्किक बहस र तीव्र निश्चयका साथ गरिने कामहरुले नै हाम्रो भविष्य  खँदिलो र भरिलो हुनसक्छ।

देशमा नै केही गरेर स्वावलम्बी बनाउने कार्यहरूमा अभिभावकको उचित सुझावहरू सन्तानका लागि लाभदायक हुन सक्छन्। कसैको आलोचना वा कसैको प्रसंसा पाउनका लागि भनेर होइन, यथार्थवादी धरातलमा ओर्लिएर सन्तानहरू स्वयं कसरी आफ्नो ऐनामा प्रतिबिम्बित हुनसक्छन्, उसैगरी उनिहरुलाई विषय र करियर छनोट गर्न दिनुपर्छ। कर्म गर्नकै निमित्त हुनुपर्छ, त्यसले जीवन मनमा आनन्द दिनुपर्छ, सौन्दर्यचेत छर्दै समाजमा कर्तव्यप्रति सजग गराउन सक्नुपर्छ। त्यसैले सन्तानका रोजाइ र  करियरलाई समर्थन गर्नु आजका अभिभावकको जिम्मेवारी हो। -Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button