मनोरञ्जनसमाचार

दीपक र निश्चलको फेसबुक जुहारीः कलाकारले उम्मेदवारलाई भोट माग्दै हिंड्नु सहि कि गलत ?

Gobal IME Bank

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा हरेक क्षेत्रबाट आफ्नो उम्मेदवारी दिएका उम्मेदरहरु चुनाबी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । उम्मेदवारहरुलाई जिताउनको लागि कतिपय कलाकारहरु पनि दल र उम्मेदवारलाई भोट माग्दै हिंडिरहेको पनि नदेखिएको होईन् ।

आखिर, कुनै पनि दल र उम्मेदवारको चुनाबी प्रचार प्रसारमा कलाकारहरुको भुमिका कस्तो रहन्छ भन्ने विषयामा त्यसो त नैतिकता र व्यक्तीपरक विषय नै हुन् जान्छ । कलाकारहरु दल र उम्मेदवारहरुको चुनाबी प्रचार प्रसारमा खौडनुबारेमा कुनै पनि कानुनी व्यवस्था नभएको कारण पनि यो नितान्त व्यक्तीपरक विषय हुन्छ ।

हिजो मंगलबार अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा यसबारे आफ्नो धारणा व्यक्त गरे । त्यसो त अभिनेता गिरी समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा आफ्ना विभिन्न धारणाहरु राखिरहन्छन् । यस्तोमा दीपकराजले सामाजिक सञ्जाल फेसबुकमा कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने भन्दै लेखे । उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला ? सायद सबैले प्रिय र साझा ठानेकोले होला । त्यसैले म कुनै एक समूहको हुन सकिनँ । सबैलाई शुभकामना ।’

यसबाट थाहा हुन्छ कि कुनै दल विशेषमा आफु आबद्ध हुन नहुने दीपकको मत छ । पछिल्लो समय दल र उम्मेदवारको पक्षमा खुलेरै हिंडेका अन्य कलाकारप्रति उनको यो कटाक्ष देखिन्छ । उनको यस धारणाबारे धेरैले आफुथरि टिकाटिप्पणीहरु पनि गरिरहेका छन् ।

त्यसैक्रममा निर्देशक निश्चल बस्नेतले दीपकको सो स्टाटसमा मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने भन्दै कमेन्ट गरे । निश्चल लेख्छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेसाभन्दा पहिला देश, कि के हो दाइ ?’ निर्देशक निश्चल यतिबेला केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका छन् ।

निर्देशक निश्चलको यस्तो कमेन्ट आएपछि दीपकराजले भनेका छन्, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर । आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

उता वरिष्ठ हाँस्यव्यङ्य कलाकार हरिवंश आचार्यले पनि केहि समयअघि नै चुनावी प्रचार प्रसारमा आफुबाट कसैलाई पनि सहयोगको अपेक्षा नगर्नको लागि भनि सकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button