समाचार

३ तहका रिक्त पदका लागि शनिबार मतदान

Gobal IME Bank

vote१४ मंसिर, काठमाडौं ।  तीन तहका रिक्त पदका लागि शनिबार मतदान भइरहेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका बिहान सात बजेदेखि मतदान जारी छ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको छ। प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की २ का उम्मेदवार नेकपाकी तर्फबाट विद्या भट्टराई र विवेकशील साझाकी उम्मेदवार रजनी केसीले मतदान गरिसकेका छन्।  त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि मतदान जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button