Grace Computer Jawalakhel
अन्यसमाचार

दश वर्षीया एम्माले संसार छोड्नु केही दिन अगाडी गरिन् आफ्नो प्रेमीसँग बिवाह

Emma Edwards

एजेन्सी। अमेरिकाकी १० वर्षिय एम्मा एडवर्डले संसार छोड्नु केही दिन अगाडी आफ्नो अन्तिम इच्छा प्रमीसँग विवाह गरि पुरा गरेकी छन् ।

एम्माका आमाबाबुका अनुसार एम्मालाई दुलही बन्न निकै मन थियो। डाक्टरहरूले एम्माको जिवनको केही दिन मात्र बाँकी रहेको बताएपछि उनको दुलही बन्ने इच्छा पूरा आमा बुवाले पुरा गरेका छन् ।

एम्माको कथा अप्रिल २०२२ मा सुरु र जुन २९, २०२३ मा यसको दुखद अन्त्य हुन्छ । अप्रिल २०२२ मा एक दिन, एम्मा उनको घरमा खेल्दै गर्दा अचानक बेहोस भइन् । आमाबाबुले तुरुन्तै उनलाई अस्पताल लगे। त्यहाँ धेरै चिकित्सा परीक्षणहरू भए रिपोर्ट सुने पछि आमाबुवाका लागि यो अति दुखद खबर थियो । एम्मालाई छोरीलाई ’लिम्फोब्लास्टिक ल्युकेमिया’ भएको थियो।

यो एक प्रकारको ब्लड क्यान्सर हो र यो धेरै बालबालिकामा यो हुन्छ । प्राय साना केटाकेटीहरू यो घातक रोगको शिकार हुन्छन्। यो निको नहुने कारण एम्माले यो संसार सदाका लागि छाडेकी छिन् ।

लिम्फोब्लास्टिक ल्युकेमियाले सामान्यतया बच्चाहरूको हड्डी र रगतलाई क्षति पुर्‍याउँछ । यो रोगले शरिरमा रहेको कोशिकाहरू बिस्तारै नष्ट गर्दै जान्छ र एक समय यस्तो आउँछ जब बिरामीको शरीरले यस रोगसँग लड्ने शक्ति गुमाउँछ। एम्माले पनि यही स्टेजमा अन्तिम सास फेरेकी थिइन् ।

एम्माकी आमाको नाम एलिना र बाबुको नाम आरोन एडवर्ड्स हो। उनीहरु उत्तरी क्यारोलिना राज्यको एउटा सानो तर सुन्दर सहर वाल्नट कोभमा बस्छन् । डाक्टरहरूले एम्माका आमाबुवालाई आफ्नो छोरीलाई क्यान्सर भएको स्टेजबाट जीवन दिन असम्भव रहेको बताएका थिए। फादर आरोनले ’न्यूयोर्क पोस्ट’लाई भने– सुरुमा त क्यान्सरसँगको लडाइ जित्छे जस्तो लाग्थ्यो। त्यसपछि डाक्टरहरू निराश भए। डाक्टरहरुले तिम्री छोरीसँग समय कम छ । केही दिन पछि उनीहरूले एम्मा केही हप्ताको लागि अतिथि भएको खबर दिए।

यस वर्षको जुनमा, मेयो क्लिनिकका डाक्टरहरूले एम्मासँग केही हप्ता होइन, केही दिन मात्र बाँकी रहेको बताए। त्यसपछि एम्माका आमाबुवाले निर्णय गरे । आफुले छोरीलाई जिवन दिन नसक्ने भए पनि दुलही बन्ने उसको इच्छा अवश्य पूरा गर्ने उनीहरुले सोचे ।
अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने १० वर्षीया एम्मा एडवर्ड्स अब यो संसारमा छैनन् । उनको ब्लड क्यान्सरबाट निधन भएको छ । एम्मा अहिले जीवित नभए पनि उनका आमाबुवाले संसारबाट प्रस्थान गर्नुभन्दा १२ दिन अगाडि उनको एउटा इच्छा अवश्य पूरा गरे ।

परिवार, आफन्त र साथिहरुले मिलेर एम्माको विवाह गर्ने सपना पुरा गरिदिएका छन् । जुन २९ मा विवाह समारोह आयोजना गरिएको थियो जहाँ सयौँ अथितिहरु सहभागी भएका थिए । एम्माले आफ्नो प्रम्रि डिजे सँग उक्त समारोहमा विवाह गरेकी थिईन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button