समाचार

सामाजिक सञ्जालमार्फत कसैले पैसा मागे नदिनुहोला : ईसेवा -Good News 24

Gobal IME Bank

श्रावण २२, काठमाण्डौ । ईसेवाले सामाजिक सञ्जालमार्फत कुनै पनि बहानामा कसैले पैसा मागे नदिन आग्रह गरेको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत आफूले चिनेको अथवा नचिनेको कुनै पनि व्यक्तिले पैसा मागेको खण्डमा पैसा उपलब्ध नगराउन अनुरोध गरेको छ । सुचनामा ईसेवाले ‘सामाजिक सञ्जालमार्फत तपाईंलाई कसैले चिने जानेको वा प्रियजनका रुपमा सम्पर्क गरी आफू आपतकालीन स्थितिमा रहेकाे बताई तत्काल रकम माग गरेको खण्डमा भुक्तानी नगर्नुहुन अनुरोध छ,’ भनी सुचना प्रकाशन गरेको छ । हाल सामाजिक संजाल मार्फत धेरै ठगीका घटनाहरु बढिरहेको यथार्थलाई मध्यानजर गर्दै भुक्तानी गरेको ब्यक्ती सही गलत बुझेर मात्र रकम भुक्तानी गर्न अनुरोध गरिएको हो ।
पछिल्लो समयमा सामाजिक सञ्जालका अकाउन्टहरू ह्याक हुने र सो ह्याक गरिएको एकाउन्टहरुबाट व्यक्तिको चिनेजानेको मानिसहरूलाई पैसा माग्ने र आफ्नो खातामा हाल्न लगाउने क्रम बढ्दै गइरहेको छ । यदि कसैले पैसा मागेमा भुक्तानी अगाडि सम्बन्धित ब्यक्तिसंग फोन वा कुरा गरेर पुष्टी गर्नु होला । ब्यक्ति र समस्या प्रमाणित भए पछि मात्र रकम भुक्तानी गर्नुहोला ।

यस्ता ठगीहरुबाट आफु पनि जोगिनु र अरुलाई पनि जोगाउनु आवश्यक छ ।

ईसेवाले प्रकाशन गरेको सुचना :-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button