अन्यसमाचार

आमाछोरी संँगसंँगै परीक्षामा -GoodNews24

Gobal IME Bank

तनहुँ । देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगैे पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिनुभएको छ । उहाँले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट कक्षा ८ को परीक्षा दिनुभएको हो ।

“मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलता साथ पूरा गर्न सकिन्छ”, शुक्रबारदेखि शुरु भएको परीक्षा दिँदै उहाँले भन्नुभयो, “नयाँ पुस्तासँग आमाले सँगै परीक्षा दिँदा थप उत्साह मिलेको छ ।” विसं २०५९ मा ७ कक्षा पास गर्नुभएका उहाँलाई विवाह गरेको १६ वर्षपछिको समयमा बल्ल पढ्ने अवसर मिलेको छ । पहिलेदेखि नै पढ्न इच्छा भए पनि घरायसी व्यवहारले गर्दा उहाँले पढ्न पाउनुभएको थिएन । उहाँले भन्नुभयो, “पढ्नका लागि उमेरले फरक पर्दैन, पढ्नुपर्छ भनेर शुरु गरेको हुँ ।”

गरीबी र अर्थाभावका कारण यहाँ पढ्ने अधिकांशको सानै उमेरमा बिहे हुने गरेको बताइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक लालमणि पौडेलले महिलाका आआफ्नै किसिमका दुःख भए पनि दुर्गाको पढाइतर्फको लगनशीलता, रूचि र चासो देख्दा आफू अचम्मित भएको बताउनुभयो । देवघाट ५ स्थित विद्यालयमा तीन सामुदायिक विद्यालयको गाउँपालिकास्तरीय ८ कक्षाको परीक्षा केन्द्र छ । देवघाट–५ का तीन सामुदायिक विद्यालय बज्रयोगिनी माविबाट ३०, कालिका माविबाट २७ र सिद्धमहाकाली माविबाट २० गरी ७७ विद्यार्थी परीक्षामा सहभागी छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button