Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

आँखाको व्यायाम

Eye Exercise

हाम्रो शरीरका विभिन्न अंगलाई स्वस्थ बनाउन व्यायामका गरिरहेका हुन्छौं तर सुत्ने बेलामा बाहेक अन्य समयमा नियमित सक्रिय कार्य गरिरहने आँखाको बारेमा भने हामी खासै ध्यान पुर्‍याइरहेका हुँदैनौ ।

आँखालाई पनि स्वस्थ राख्न व्यायाम देखि सरसफाइ लगायतका कुरामा ध्यान दिनुपर्छ:

आँखाको व्यायाम गर्नुअघि आँखालाई सफा गर्नु आवश्यक हुन्छ । आँखालाई बन्द गरेर सफा पानीले धुनुपर्छ । त्यसपछि भाँडोमा उम्लिएर सेलाएको पानी कचौरा वा हातमा राखेर आँखा चिम्लने र खोल्ने गर्नुपर्छ । यदि आइवास कपले गर्ने हो भने यसलाई आँखामा हालेर एकचोटि टाउको आकाशतिर हेरेर चिम्लने र बन्द गर्ने र अर्को निहुँरेर त्यही प्रक्रिया दोहोर्याउन सकिन्छ । यसले आँखामा लागेका कचेरा तथा फोहोर बाहिर निकाल्न मद्दत गर्छ । आइवास गरिसकेपछि व्यायाम गर्न सकिन्छ ।

आँखा चिम्लिने खोल्ने

आँखा सफा गरिसकेपछि एकपल्ट आँखा चिम्लिने र खोल्ने गर्नुपर्छ । यो प्रक्रिया जतिसक्दो चाँडो गर्नुपर्छ । त्यस्तै आँखालाई बेस्सरी चिम्लिने, दाँत किट्ने र टाउको हल्लाउने गर्नुपर्छ । यी दुवै व्यायाम ५ देखि १० पटकसम्म दोहोर्‍याउन सकिन्छ ।

आँखालाई तलमाथि हेर्दै व्यायाम गर्ने

आँखा स्वस्थ राख्न आँखाको नानीलाई तलमाथि गरी हेर्ने व्यायाम गर्ने । यसमा टाउकोलाई सीधा राखेर निधार नखुम्चाइकन आँखाको नानीलाई तलमाथि गर्नुपर्छ । योल व्यायाम एकचोटि आकाशतिर हेरेर र अर्को चोटि भुईंमा हेरेर गर्नुपर्छ । यो व्यायाम पनि सकेसम्म छिटोछिटो पाँचदेखि १० पटकसम्म गर्न सकिन्छ । आँखाको यस किसिमको व्यायामले आँखाका नसा तथा मांसपेशीहरु मजबुत हुन्छन्, जसले आँखाको तेजमा कमी आउँदैन ।

आँखा क्रस गर्ने

आँखाको नानी पहिला दायाँ माथि बायाँ तल, त्यसपछि बायाँ माथि दायाँ तल गरी क्रस गरेर व्यायाम गर्न सकिन्छ । सकेसम्म छिटोछिटो गर्नुपर्छ ।

आँखालाई चारैतिर घुमाउने

आँखाको अर्को व्यायाम, जसमा आँखालाई चारैतिर घुमाउनुपर्छ । दुवै आँखालाई एकचोटि माथि दायाँ तल बायाँ गरी घुमाउने र त्यसपछि यसको ठिक उल्टो बायाँदेखि दायाँतर्फ कम्तीमा १०(१० पटक घुमाउनुपर्छ । त्यसपछि दुई मिनेटका लागि आँखा बन्द गर्नुपर्छ र आराम गर्नुपर्छ । त्यसपछि पुनः यसलाई प्रक्रिया दोहोर्‍याउनुपर्छ ।

हातको चोर औंलाबाट अभ्यास

यसमा दाहिने हातको चोर औंलालाई आँखाको सीधा राखेर हेर्नुपर्छ । औंलाको माथिल्लो टुप्पोमा देखिने सूक्ष्म रेखालाई ध्यान दिएर हेर्ने, त्यसपछि औंलालाई एकपटक आँखाबाट टाढा लैजाने र एकपटक नाकको नजिक ल्याउने गर्नुपर्छ । यसलाई पाँचदेखि १० पटक दोहोर्‍याइरहनुपर्छ ।

आँखालाई सेक्ने

आँखालाई चुस्त राख्न न्यायो बनाउनुपर्छ । आफ्नो हत्केलालाई एकापसमा रगडेर तताउने अनि त्यसलाई आँखा चिम्म गरेर राख्ने गर्नुपर्छ । ६ सेकेण्डसम्म हत्केलालाई परेलामा राख्नुपर्छ । यो प्रक्रियालाई तीन पटकसम्म दोहोर्‍याउनुपर्छ । यसो गर्नाले आँखाले तत्काल आराम पाउने छ ।

आँखाको व्यायामका फाइदा:

व्यायामले आँखामा भएको फोहोर निकाल्ने, आँखाको ज्योति बढाउने, दृष्टि शक्ति बढाउन मद्दत गर्छ । यस्तै चश्मा लगाउपर्ने समस्याबाट पनि छुटकारा दिन्छ । व्यायामले आँखाको नसा लचिलो तथा चलायमान बनाउँन मद्दत गर्छ ।

व्यायामले आँखा सन्तुलित गराउने भएकाले आँखाको फोकस आउट हुने लगायत समस्या निको पार्न मद्दत गर्छ । आँखाको सरसफाइ तथा नियमित व्यायामले आँखा पोल्ने, दुख्ने, पाक्ने जस्ता समस्याबाट बच्न सकिन्छ ।

तर आँखामा संक्रमण, रातो हुने, आँखा पाक्ने रोग छ भने यी व्यायाम गर्नुहुँदैन । यस्तो बेलामा व्यायाम गर्दा आँखामा पिढा बढ्ने जस्ता समस्या हुन सक्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button