समाचार

अनुदानमा हिउँदे तरकारीको बीउ-GoodNews24

Gobal IME Bank

कास्की- अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरण मार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न नौ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला ९मिनुअर्ली र चालिसे०, सिमी, पालुङ्गो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध गराएको हो । यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमीनमा उत्पादन हुन सक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायत बिरुवा पनि वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button