Grace Computer Jawalakhel
अन्यसमाचार

लरेन जेम्सले नाइजेरियाकी खेलाडीलाई कुल्चेकोमा मागिन् माफी

Lauren James

सिड्नी। इंग्ल्याण्डकी फरवार्ड लरेन जेम्सले विश्वकपको अन्तिम १६ मा नाइजेरियाविरुद्ध खेल खेल्ने क्रममा पाएको रातो कार्डका लागि माफी मागेकी छिन् ।

नाइजेरियाकी मिसेल अलोजीको ढाडमा कुल्चिएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले जेम्सलाई रातो कार्ड देखाइएको थियो । रातो कार्ड पाएपछि जेम्सले शनिबार कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेल खेल्न पाउने छैनन् ।

‘जे भयो त्यसको लागि म माफी माग्न चाहन्छु,’ अलोजीलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो यो अनुभवबाट पाठ सिक्नेछु ।’ २१ वर्षीय खेलाडी समूह चरणको खेलमा इंग्ल्याण्डका लागि स्टार खेलाडीमध्ये एक हुन। उनले ३ गोल गर्नुका साथै ३ वटा गोलको अवसर पनि सिर्जना गरेकी थिइन् ।

यस विषयमा इंग्ल्याण्डले पनि एक वक्तव्य जारी गर्दै जेम्स आफ्नो हरकतका लागि शर्मिन्दा भएको बताएको छ । यता फिफाले जेम्सले गरेको कार्यका लागि थप खेलहरूमा प्रतिबन्ध लगाउने कि नलगाउनेबारे निर्णय गर्ने तयारी गरिरहेको छ । यदि उक्त कारबाही लागू भयो भने इंग्ल्याण्ड अर्को चरणमा प्रवेश गरे पनि जेम्सका लागि विश्वकप यहीँ नै अन्त्य हुनेछ ।

                                                                                                                                                                          –बीबीसी

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button