Grace Computer Jawalakhel
अन्यसमाचार

फिफा विश्वकप २०२६ छनोट: पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

Fifa Worldcup 2026

काठमाडौँ। एशियाली फूटबल महासंघ ९एएफसी०ले फिफा विश्वकप २०२६ छनोटको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गरेको छ। जसमा फिफा विश्वकप २०२६ छनोटको पहिलो राउन्डको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ।

पहिरो राउन्डमा ‘होम एन अवे’का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।

प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २–१ गोलले हराएर उपाधि जित्न सफल भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल खेल्नेछन् । विजेता भएका १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाइने छ ।

अहिले नेपाल फिफाको वरियतामा १७५औँ स्थानमा छ। नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औँ स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्न सफल हुनेछ ।

यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button