अन्यसमाचार

क्रिकेट–नेपालको पहिलो जीत -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको आइसिसी टि ट्वान्टी एशिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । त्यसैगरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै बाहिरिनुभयो ।

बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिनुभयो । त्यसअघि टस पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डन र फिरियापोङ सुआनचुईले समान १३÷१३ रन जोड्नुभयो भने नाभिद पठानले ८ तथा जिउल हकले ५ रन बनाउनुभयो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिनुभयो भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १÷१ विकेट लिनुभयो ।

जीतसँगै नेपालले ३ खेलमा २ अङ्क जोडेको छ भने शीर्ष दुईमा रहँदै एशिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ तर नेपालको एशिया कप छनोट हुने सम्भावना भने अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ ।

आजै हुने अर्को हङकङ र सिङ्गापुरविरुद्धको खेलमा हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ तर सिङ्गापुरले खेल जितेमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । यता थाइल्याण्डको भने यो लगातार चौथो हार हो । नेपालले अब आफ्नो अन्तिम खेल शुक्रबार सिङ्गापुरसँग खेल्ने छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button