
जनकपुरधाम । जनकपुरधाममा तीन दिने प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जनकपुरधामको तिरहुतियागाछीमा यो दोस्रो खाद्य मेला आयोजना हुन लागेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा आगामी फागुन १० देखि १२ गतेसम्म सो खाद्य मेला आयोजना हुने जानकारी गराउनुभयो । विभिन्न समुदायको प्रचलनमा रहेका र लोप हुन लागेका खाद्य पदार्थ मेलाका माध्यमबाट जानकारी हुने उद्देश्यले सो मेलाको आयोजना गरिएको हो ।
खाद्य पदार्थका विभिन्न परिकारका सम्बन्धमा एकअर्काबीच जानकारीका साथै परिकार बनाउने विधिबारेमा उपभोक्ता जानकारी पाउँदा लाभान्वित हुने र सोको पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सो मेलाको आयोजना गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो । परम्परागत, स्थानीयवासी, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यले सो खाद्य मेलामा ६० कक्ष रहनेछ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]