Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

किन गर्मी मौसममा बढी हुन्छ फुड पोइजनिङ ?

Food Poisoning

काठमाडौँ। गर्मी मौसममा धेरै जनामा फुड पोइजनिङको समस्या भएको देखिन्छ । यसको मुख्य कारण बासी तथा सडेगलेका खानेकुरा र दूषित पानी हो । गर्मी मौसममा देखिने समस्याहरुमध्ये फुड पोइजनिङ प्रमुख समस्या पनि हो । यो हरेक वर्षको गर्मी मौसममा बढी देखा पर्छ । त्यसो त अन्य समयमा पनि यस्तो समस्या लिएर बिरामी अस्पताल आउँछन् तर निकै कम मात्रामा । हाम्रो खाना तथा पानी विभिन्न ब्याक्टेरिया तथा भाइरसका कारण दूषित हुन सक्छ। जसले गर्दा फुड पोइजनिङको समस्या हुने गर्छ ।

फुड पोइजनिङ हुँदा वाक वाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, पेट कटक्क खाने, पेट बाउँडिने, ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्छन । यो अवस्थामा प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, जीवनजल खाने गर्दा कतिलाई यो समस्या घरमै ठीक हुन सक्छ भने कतिपयलाई अस्पतालमा नै उपचार गर्नुपर्ने हुन्छ ।

फुड पोइजनिङ हुनुको मुख्य कारण दूषित पानी तथा दूषित खाना नै हो । अहिले बजारमा भएका धेरैजसो मिनरल वाटर पनि दूषित हुने गरेको छ । मिनरल वाटर हो भनेर हामीले ढुक्कसँग पिउँदा त्यही पानीले समस्या ल्याएको पनि देखिन्छ । त्यसैले सबै खालको पानी उमालेर मात्र पिउँदा राम्रो हुन्छ। यसैगरी खाना धेरैदिनसम्म फ्रिजमा राखेर खान खोज्नु पनि अर्को समस्या हो । सकेसम्म आज पकाएको खाना आजै मात्र खाएको राम्रो । अन्यथा राम्ररी फिज्रिङ गरेर राखिएको छ भने २४ घण्टाभित्र पकाएको खाना खाइसक्नुपर्छ । त्यसपछि खानु स्वस्थकर मानिंदैन ।

गर्मी महिनामा मात्र होइन अन्य समयमा पनि पानी र खानेकुरामा विशेष ध्यान दिने हो भने फुड पोइजनिङ हुनबाट बच्न सकिन्छ । त्यसका लागि सफा उमालेको वा निर्मलीकरण गरिएको स्वच्छ पानी पिउने, ताजा तथा स्वस्थकर खाना खाने, सकेसम्म बाहिरको खाना नखाने, खाना कोचीकोची नखाने, फलफूल तथा सलादको प्रयोग गर्दा सफा पानीले पखालेर मात्र सेवन गर्ने गरेमा धेरै हदसम्म फुड पोइजनिङको समस्याबाट बच्न सकिन्छ ।

समस्या आइसकेर उपचार गर्नुभन्दा समस्या आउनै नदिनु राम्रो हुन्छ । त्यसैले आफनो स्वास्थ्यप्रति बेलैमा सचेत हुनुपर्छ त्यसका लागि खानेकुरामा ख्याल गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने साथै खाना खानुअघि र पछि साबुन पानीले मिचीमिची हात धुन जरुरी हुन्छ । साथै पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ र एकैपटक धेरै खानेकुरा खानु हुँदैन् ।

आफनो सरसफाईको साथसाथै आफनो वरिपरीको वातावरण पनि सफा राख्न जरुरी हुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button