अन्यसमाचार

सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म : २४ किसिममा निःशुल्क तालिमको माैका

Gobal IME Bank

free training

काठमाडौँ । विभिन्न घरेलु सिपहरुलाई समेटेर निःशुल्क तालिम सर्व साधारणको लागि दिइने भएको छ ।सो तालिम राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले दिन लागेको हो । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो । उक्त तालिम साधारण लेखपढ गरेकाले पनि लिन सक्ने छन् । महिला मधेसी जनजाति अपाङ्ग शहिदका परिवार र पिछडिएका वर्गलाई प्राथमिकता दिइ तालिमका सहभागी छनौट गरिने कुरा सुचना मार्फत जानकारी दिइएको छ । तालिम निशुल्क दिने तर प्रशिक्षार्थीले कुनै किसिमको भत्ता भने पाउने छैनन । इक्च्छुक प्रशिक्षार्थीले मंसिर २० गते सम्म फारम भर्न सक्नेछन ।प्रशिक्षार्थीले केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन बुझाउनु पर्नेछ ।

सो निशुल्क तालिम भित्र सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् । साथै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम समाबेश गरिएको छ । अन्य जानकारीको लागि राष्टिय लघु, घरेलु तथा साना उद्योग विभाग प्रशिक्षण केन्द्र त्रिपुरेश्वर काठमाडाैंमा सम्पर्क राख्न सकिनेछ । ०१ ४२५१५३४८      014251538

 free traiing

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button