नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिसद अन्तर्गतका कार्यालयहरुद्वारा १५ दिने खानाबस्ने सुविधा सहित बाख्रा, कुखुरा तथा बंगुर पालन सम्बन्धि विभिन्न बिषयहरुमा तालिम संचालन गर्ने भएको छ । बाह्य अनुसन्धान महाशाखा खुमल्टार ललितपुरमा तरकारी खेती तथा उद्यमशीलता र मध्य पहाडी क्षेत्रमा कृषि यान्त्रिकिकरण वियषमा १० दिने तालिम हुनेछ । व्यवसायिक सुन्तलाजात नर्सरी व्यवस्थापन, कफी नर्सरी तथा बगैँचा व्यवस्थापन, व्यवसायिक अलैँची खेती विषयमा धनकुट, तनहुँ, गुल्मी र सुनसरीमा तालिम हुनेछ । नेपाल कृषि अनुसन्धान परिसद्ले सुचना प्रकाशित गरेको छ । इच्छुक उद्यमि तथा कृषकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस महाशाखा वा महाशाखाको इमेल ठेगानामा आईपुग्ने गरि निवेदन पेश गर्नु पर्ने छ वा www.narc.gov.np बाट डाउन्लोड गरि फारम भर्न सक्नेछन। आवेदकले निवेदनमा नाम, ठेगाना, उमेर, लिङग, शैक्षिक योग्यता, कृषि फर्म दर्ता गरेको भए फर्मको नाम र दर्ता गरेको निकाय आदि संकलन गरी सम्बन्धित स्थानिय निकायको प्रमुख वा वडाध्यक्ष बाट सिफारिस गराउनु पर्ने छ ।
१. कार्यालय : बाह्य अनुसन्धान महाशाखा खुमल्टार ललितपुर –
इमेल : ordnarc@yahoo.com
तालिमको बिषय : संरक्षित तरकारी खेति तथा उद्धमशिलता
समय अवधि : १० दिन
तालिम संचालन हुने महिना : फागुनको दोश्रो हप्ता
सहभागी माग संख्या : २० जना
फोन न : 01-5540817
२. कार्यालय : कृषि इञ्जिनियरिङ्ग महाशाखा खुमल्टार ललितपुर
इमेल : aerd.narc@gmail.com
तालिमको बिषय : मध्यपहाडी क्षेत्रमा कृषि यान्त्रिकीकरण
समय अवधि : १० दिन
तालिम संचालन हुने महिना : पुष पहिलो हप्ता
सहभागी माग संख्या : २५ जना
फोन न : 01-5521307
३. कार्यालय : रास्ट्रिय सुन्तालाजात अनुसन्धान कार्यक्रम धनकुटा
इमेल : ncrpdhankuta@gmail.com
तालिमको बिषय : व्यवसायिक सुन्तालाजात नर्शारी ब्यबस्थापन
समय अवधि : १० दिन
तालिम संचालन हुने महिना : मंग्सिर तेस्रो हप्ता
सहभागी माग संख्या : २० जना
फोन न : 02-6620232
४. कार्यालय : बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर तनहुँ
इमेल : arsgoat@rediffmail.com
तालिमको बिषय : ब्यबसायिक बाख्रा पालन
समय अवधि : १५ दिन
तालिम संचालन हुने महिना : फागुन तेस्रो हप्ता
सहभागी माग संख्या : २० जना
फोन न : 9851208884, 9846140125
५. कार्यालय: कफी अनुसन्धान कार्यक्रम गुल्मी
इमेल : crp.gulmi@gmail.com
तालिमको बिषय : कफी नर्शारी तथा बगैचा ब्यबस्थापन
समय अवधि : ७ दिन
तालिम संचालन हुने महिना : फागुन पहिलो हप्ता
सहभागी माग संख्या : २५ जना
फोन न : 9857064191
६. कार्यालय : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरी
इमेल : rarst.narc@gmail.com
तालिमको बिषय : व्यवसायिक कुखुरा तथा बंगुर पालन
समय अवधि : १५ दिन
तालिम संचालन हुने महिना:फागुन दोस्रो हप्ता
सहभागी माग संख्या : २५ जना
फोन न : 025-476462
७.कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटा
इमेल : arspakh@gmail.com
तालिमको बिषय :व्यवसायिक अलैंची खेति
समय अवधि:७ दिन
तालिम संचालन हुने महिना:पुष दोश्रो हप्ता
सहभागी माग संख्या : १६ जना
फोन न: 026-405111